back

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

वि.सं.२०८१ माघ २७ आइतवार

390 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने भियतनाम चाईवाङ सिटी घर भएका भियतनामी नागरिक Mai Hoang Kinh Laun लाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर पाटनबाट ४ वर्षीय बालक बिहीबार राति देखि हराएको भनी पीडितको आमाले उजुरी दिएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित इलाम मेची गेष्ट हाउसको कोठा नम्बर १०७ मा बालकलाई अपहरण गरी बन्धक बनाई राखेको अवस्थामा फेला पारी अपहरण कार्यमा संलग्न रहेका Mai Hoang Kinh Laun लाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनको साथबाट भियतनामी मुद्रा २० हजार, मोबाइल ३ थान, ल्यापटप १ थान, नक्कली भारतीय आधारकार्ड २ थान, बसको टिकट १ थान र चक्कु १ थान समेत बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

वि.सं.२०८१ माघ २७ आइतवार १७:४७ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...