back
CTIZAN AD

अन्तर्राष्ट्रिय विवाह स्वीकार : दलितसँगको विवाहलाई कठोर दण्ड

वि.सं.२०८१ माघ २८ सोमवार

1.1K 

shares

काठमाडौँ । यो विषय सुन्दा अचम्म लाग्छ । एक्काइसौँ शताब्दीमा पनि नेपाली समाजमा विवाहका लागि जात मिल्नु पर्ने प्रथा यथावत् । विकसित मुलुकमा मन मिल्यो भने विवाहका जो सुकै भएपनि योग्य भएको ठहरिन्छ । तर, नेपाली समाजमा जातकै पर्खाल खडा गरेर मिलेका मनहरूलाई फुटाउने प्रयत्न गरिन्छ ।

जात व्यवस्थालाई संरक्षण गर्ने बहानामा किन निर्दयी बन्दै छ नेपाली समाज ? विदेशी नागरिकलाई ज्वाइँ र बुहारीका रूपमा भित्राउन सक्ने नेपाली समाजले किन धर्म संस्कृतिको पालना गर्ने बहानामा दलितका छोराछोरीलाई ज्वाइँ र बुहारी बनाउन तयार हुँदैन ? विदेशी नागरिक जुनसुकै जातमा रहेर जुनसुकै धर्म मान्ने भएपनि किन स्वीकार्य छ नेपाली समाजलाई । नेपाली समाजमा जात व्यवस्था कहिल्यै अन्त्य नहुने प्रश्न बनेर रहनु सबैका लागि दुर्भाग्य हो ।

आजकल अन्तर्राष्ट्रिय विवाह बन्धन नेपालको लागि साधारण भएको छ । नेपालका यूवायुवतीहरुले विदेशी नागरिकसँग विवाह गर्ने चलन दिनप्रतिदिन बढिरहेको छ । अन्तर्राष्ट्रिय विवाहले आधुनिक समाजलाई अझ उन्नत र विकसित बनाउन मद्दत गर्छ । यो विश्वजगतका लागि राम्रो राम्रो सन्देश हो ।

नेपाल, भारत, चिन, अमेरिका या अफ्रिका जुनसुकै मुलुकमा बस्ने भएपनि सबै मानिस हुन् । वैज्ञानिक दृष्टिकोणले नस्ल सुधार गर्नु राम्रो विषय हो । मानिसमा पनि नस्ल सुधार गर्नु आवश्यक छ । तर, फरक नस्लको हुँदाहुँदै पनि विवाहका लागि जातलाई पर्खाल बनाइन्छ भने रुढीवादी चिन्तन र परम्पराको दरिलो परकाष्ट हो । जातीय छुवाछुत तथा विभेदको नमुना हो । सेलाउन नसकेको यो प्रथाले नेपाली समाजलाई युगौँ पछाडि धकेल्ने प्रस्ट छ ।

भर्खरैको ताजा घटना : अन्तरजातीय विवाह गर्ने सर्लाहीका सत्येन्द्र चमार ‘राम’ र नेहा रौनियारको बारेमा सबैलाई थाहा नै छ । भागेर मुम्बई पुगेका राम र रौनियारलाई गृहमन्त्री रमेश लेखकको निर्देशनमा मुम्बईबाट पक्राउ गरी यातना दिएको विषयलाई समेटेर लेखिएको समाचार भाइरल छ । यही घटनालाई लिएर गृहमन्त्री लेखको राजीनामा माग्नेदेखि जनप्रदर्शन र सरकारलाई गरेको खबरदारीका विषयले सामाजिक सञ्जालका भित्ता रङ्गिन छन् ।

अन्तरजातीय विवाहकै कारण नवराज विकसहित छ जना नवजवान युवालाई भेरी नदीमा हुत्त्याएर बीभत्स हत्या गरिएको घटना प्रत्येक दलित समुदायको मनमा अझै पनि ताजै छ । दलित समुदायका युवायुवती अन्तरजातीय विवाह गरेकै कारण मारिनुपर्ने ? फरक जातमा प्रेम गरेकै कारण उनीहरूको उठिबास लाग्नुपर्ने ? राज्यका संयन्त्र दलितका अधिकार कुल्चिन प्रयोग हुनुपर्ने ? कहिले सम्म ? दलित समुदायहरूले यी प्रश्नहरूको जवाफ पर्खिरहेको छन् ।

नेपालको संविधान २०७२को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । यदि छुवाछुत तथा भेदभाव गरिएको ठहर भएमा तीन वर्ष सम्म कैद वा एक हजार देखि २५ हजारसम्म जरिवानाको प्रावधान छ । तर दलितका लागि नेपालको संविधान र नियम कानुन कागजको खोस्टो बराबर सावित भएको छ ।

उमेर पुगेर कानुनी रूपमै विवाह दर्ता गरेका सत्येन्द्र र नेहालाई बाल विवाहको अभियोगमा पक्राउ गर्न नेपाल प्रहरीलाई भारत सम्म जान निर्देशन दिनु नेपाल सरकारको उच्च पदमा रहेका गृहमन्त्री लेखक नियम कानुनीको विरुद्धमा गएका छन् भन्ने दरिलो प्रमाण पेस हुनु हो । उनको यो कदमले नेपाली नागरिकले असुरक्षा महसुस गरेका छन् ।

जनताको सुरक्षा र कानुनलाई अझ मजबुत बनाउन पर्ने ठाउँमा रहेका गृहमन्त्रीले कानुनको पालन नगरी अन्तजातिय विवाह गरेकै सत्येन्द्र र नेहालाई बालविवाहको फर्जी अभियोग बनाई चरम यातना दिनु कस्तो खालको न्याय प्रणाली हो ? कानुन कार्यान्वन गर्ने सर्वोच्च निकायको यस्तो सङ्कुचन सोच भएपछि दलित समुदायले विभेदबाट उन्मुक्ति कहिले पाउने ?

सबै मानिस एउटै हुन भनौँ भने नेपाली समाजका दलितहरूले जातीय आधारमा चरम यातना भोगिरहेका छन् । आफ्नै देशका फरक जातका भनिएकासँग विवाह गर्दा मारिनुपर्छ वा यातना भोग्न तयार हुनुपर्छ । यसो हुनु मानिसहरू एउटै होइनन् भन्ने भाष्य जबरजस्त निर्माण गर्न खोज्नु हो । सबै मानिस एउटै होइनन् भनौँ भने यहाँ परिवर्तन पनि देखिन्छ । जस्तो कि जुनसुकै जातधर्मको भएपनि विदेशी नागरिकसँग विवाह गर्ने परम्परा बढ्दो छ ।

नेपाली समाजका आम सासु आमा विदेशी बुहारी भित्र्याउँदा आफूलाई भाग्यमानी ठान्छिन् । उनको छाती खुसीले चौडा हुन्छ । सामाजिक सञ्जाल पनि अन्तर्राष्ट्रिय विवाहका तस्बिरले भरिभराउ हुन्छ । जब त्यही घरमा दलित समुदायकी छोरी भित्रिन्छे त्यसपछि राजनीति सुरु हुन्छ । उनीहरूलाई समाजमा मुख देखाउन लाज हुन्छ । गाउँभरी कुरा काटिन्छ, ‘फलानोको छोराले त दलितकी छोरी भगाएछ नि !’ त्यो विवाह तोड्न चरम यातना दिनेदेखि प्राण लिने सम्मको काम हुन्छ ।

भनिन्छ, नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो । फूलबारीका चार जात : बा्रह्मण, क्षेत्री, वैश्य, सुद्र हुन् । साझा फूलबारीमा राज्य र समाजको चरम शोषणमा परेको फूल हो सुद्र अर्थात दलित । दलित समुदायलाई फूलबारीको फूल भनिएपनि सबैभन्दा हेलाको फूल भएको छ । नेपाली समाजमा श्रम र सीपको माध्यामबाट सबैभन्दा धेरै योगदान गर्ने समुदाय पनि दलित समुदाय हो । तर, राज्यले यो समुदायलाई उन्नत बनाउन कुनै भूमिका खेलेको छैन । उल्टै शक्ति र पहुँचको आडमा दलितहरु माथि दमन गरिरहेको छ ।

नेपाल बहु धार्मिक, बहुभाषिक तथा बहु सांस्कृतिक मुलुक हो । यो मुलुकमा रहेका सेवा सुविधा समान रूपमा उपभोग गर्न पाउनु सबैको अधिकार हो । उमेर पुगेपछि मन परेका व्यक्तिसँग सम्बन्ध गाँस्न पाउनु कानुन र धर्मले दिएको अधिकार हो । नमुना बनाउनुपर्ने अन्तरजातीय विवाहका विरुद्ध राज्य नै लाग्नु सामाजिक न्यायको खिलाफमा जानु हो ।

नेपाली समाजलाई विश्वमा उत्कृष्ट बनाउन सबै खाले भेदभावको अन्त्य गर्न जरुरी छ । राज्यको शक्ति रुढीवाद र पश्च गमनलाई सहयोग पुग्ने काममा लगाएर दुरुपयोग भयो भने भावी सन्तान प्रतिस्पर्धात्मक युगमा पछाडि पर्ने छन् । तसर्थ नेपालको पहिचानका रूपमा रहेका फरक धर्म, फरक भाषा र फरक संस्कृतिको उच्च सम्मान गर्दै सबैलाई समान व्यवहार गर्नु राज्यको दायित्व हो ।

वि.सं.२०८१ माघ २८ सोमवार १८:४८ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...