back
CTIZAN AD

युध्द नभएको भए !

वि.सं.२०८१ माघ २८ सोमवार

2.6K 

shares

हो महासय हो
युध्द नभएको भए
थुप्रै दुखहरू व्यहोर्नु पर्ने थिएन ।

मजाले मोहोर राखेर
महाराजका पाउमा
विन्तीपत्र हालिरहन पाइने थियो ।

महिला दलित
मधेशी, मुस्लिम र जनजातिका
सबै भाग एक्लै हसुरेर
मजाले उग्राएर बस्न पाइने थियो ।

गाएर श्रीमान गम्भिर नेपाली
बडो भावुक राजभक्त भैरहन पाइने थियो ।

महाराजले बनाएका
चौध अञ्चल पचहत्तर जिल्ला
राखेर यथावत
भाग शान्तिले खाइरहन पाइने थियो ।

बडो बाठो पल्टेर
बडो क्रान्तिकारी पल्टेर
नथालेको भए युध्द
आज पनि
महाराजको पैताला धूलोको चन्दन लगाएर
जङ्गी निशान हाम्रो गाइरहन पाइने थियो।

हो महासय हो
खुब गणतन्त्र चाहियो भन्दै
नथालेको भए युध्द
देश महाराजको अनुकम्पाले
पचास वर्ष अगाडि गैसक्ने थियो
र महाराजका कट्टुका जुम्रा तपाईहरू
ढाडिएका ढाडी बनेर
लिखा पारेर बस्नु हुने थियो ।

कसले किन सल्काइदियो
मजदूर किसानको दिमागमा आगो
कसले किन जोडिदियो
महिला दलितको खुट्टामा आँधी
र तिनीहरू आँखामा आँखा जुधाउन थाले
र तिनीहरू इटको जवाफ
पत्थरले दिन थाले
र हेर्दा हेर्दै तपाईहरूको
महान तथा अग्रगामी राजतन्त्र
गर्लम्म ढल्यो
र देशलाई पचास वर्ष पछि धकेल्दै
आयो यो देशमा गणतन्त्र ।

हो महासय हो
तपाईहरूले टाउकामा इनाम तोकेका बखत
बहादुरहरूले बुझाउन सकेका भए
हाम्रा भएभरका टाउका
तपाईहरूलाई क्या हाइसन्चो हुने थियो
तर इतिहास
तपाईहरूले भने जसरी लेखिएन
त्यसो त हामीले भने जारी पनि लेखिएन
तैपनि ठग्दा ठग्दै पनि
धेर थोर जे लेखियो
तिनै सीमित अक्षरहरूले पनि
सताइरहेछ तपाईहरूलाई।

२०८१ माघ २८

वि.सं.२०८१ माघ २८ सोमवार १७:५७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

कविता : प्रेम

कविता : प्रेम

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं माया स्वार्थ विकार...

कविता : गुरुजन भजौँ प्रेमरसले

कविता : गुरुजन भजौँ प्रेमरसले

कविराज घिमिरे चाँगुनारायण, भक्तपुर बनी आफू यन्त्रैसरह जहिल्यै खट्छ जसले...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

समस्या : गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी

समस्या : गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी

दीनानाथ पोख्रेल सुम्बेक, इलाम-२, इलाम आमा दिन्छिन् सुगुण सबमा लिन्छ...