back
CTIZAN AD

माओवादीको उम्मेदवारी घोषणा धमाधम

वि.सं.२०७४ जेठ १६ मंगलवार

777 

shares

१६ जेठ, बिर्तामोड (झापा) । नेकपा (माओवादी केन्द्र)ले झापाका स्थानीय तहमा उम्मेदवारी घोषणा धमाधम गरिरहेको छ । पार्टीले आसन्न चुनावलाई लक्षित गरेर औपचारिक कार्यक्रममार्फत उम्मेदवार चिनाउन थालेको हो ।

यसैक्रममा पार्टीले झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षसहित सबै वडामा उम्मेदवार तय गरी घोषणा गरेको छ । सो गाउँपालिकाको अध्यक्षमा खड्गबहादुर तिम्सिना र उपाध्यक्षमा अस्मितकला लिम्बूसहितका उम्मेदवार सार्वजनिक गरिएको हो ।

पार्टीले वडा नं १ को वडा अध्यक्षमा पूर्णप्रसाद सञ्जेल, वडा नं २ मा दिवामाया अधिकारी, ३ मा डिल्लीराम श्रेष्ठ, ४ मा नारायण ढुङ्गाना, ५ मा विक्रम सालिङ, ६ मा प्रदीप खतिवडा र ७ मा मात्रिका पौडेललाई उम्मेदवार बनाइएको छ ।

माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य धर्मशीला चापागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता निर्वाचन प्रचारप्रसार समितिका संयोजक बोधराज दाहालले गर्नुभएको थियो । उम्मेदवारी घोषणासँगै पार्टीले बुद्धशान्तिलाई देशकै नमुना गाउँ बनाउने ३२ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ ।

वि.सं.२०७४ जेठ १६ मंगलवार ०३:४१ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...