back
CTIZAN AD

फेमेखोलामा पुल निर्माण गर्न नगरपालिकाको माग

वि.सं.२०८१ फागुन २ शुक्रवार

609 

shares

पाँचथर । फिदिम-फालोट सडकअन्तर्गत फेमेखोलामा पुल निर्माण गरिदिन फिदिम नगरपालिकाले माग गरेको छ । गत असोज १२ गते आएको बाढीले पुल बगाएको उक्त स्थानमा ‘बेलिब्रिज’ निर्माण गरी आगामी वर्षायाममा यातायात सञ्चालन गर्न फिदिम नगरपालिकाले माग गरेको हो ।

प्रदेश र सङ्घीय सरकारलाई पटकपटक आग्रह गर्दा पनि पुल निर्माण अघि बढ्न नसकेको नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताए । उक्त स्थानमा बेलिब्रिज निर्माण नभए वर्षायाममा बिरामीलाई अस्पताल पु¥याउन बाटो नहुने र प्रभावित क्षेत्रमा खाद्य सङ्कट हुने नगरपालिकाको चिन्ता छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै फिदिम नगरपालिकाले उक्त स्थानमा यथाशीघ्र बेलिब्रिज निर्माण अघि बढाउन माग गरेको हो । बाढीले फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलाको २५ मिटर लामो सडक पुल बगाएको थियो । पुल बगेपछि अस्थायी डाइभर्सनमार्फत सवारीसाधन खोला पार गर्ने गरेका छन् ।

तर आगामी वर्षायामसम्ममा बेलिब्रिज निर्माण नभए यो बाटो प्रयोग गर्ने फिदिम नगरपालिकाका–१०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाका नागरिक प्रभावित हुनेछन् । वर्षा हुनासाथ अहिले निर्माण भएको अस्थायी डाइभर्सन बगाउने खतरा छ । डाइभर्सनमा क्षति हुनासाथ फिदिम नगरपालिकाका–१०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाको सदरमुकाम फिदिमसँगको सडक सम्पर्कविच्छेद हुने छ ।

फिदिम–फालोट सडक कालोपत्रको काम कोशी प्रदेश सरकारले गरिरहेको छ । पुल निर्माण पनि प्रदेश सरकारले नै गर्नुपर्ने भए पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन । “अहिलेसम्म बजेट सुनिश्चित भएको छैन । प्रदेश सरकारबाट पनि पहल गर्छौँ भन्ने जवाफमात्र आएको छ”, नगरप्रमुख काफ्लेले भने, “नागरिकले नगरपालिका के गरेर बसिरहेको छ भन्न थाल्नुभएको छ । नगरपालिकाले बेलिब्रिज लगाउन सक्ने कुरा भएन ।” आफूहरूले पत्राचार, टेलिफोनलगायत माध्यमबाट पहल गरे पनि बेलिब्रिज निर्माणका लागि बजेटको व्यवस्था हुन नसकेको नगरप्रमुख काफ्लेको गुनासो छ ।

प्रदेश र सङ्घीय सरकारबाट यस वर्ष पुल निर्माण नहुने जानकारी पाएको अवस्थामा नगरपालिकाले डाइभर्सन निर्माणको काम थाल्ने नगरप्रमुख काफ्लेको भनाइ छ । “बाटो नबनाए बिरामी र सुत्केरीलाई फिदिम ल्याउने पनि उपाय हुँदैन”, काफ्लेले भन्नुभयो । यस्तै पहिरोले फिदिम–३ स्थित लालीखर्क स्वास्थ्य चौकीको भवन पुर्दा स्वास्थ्य सेवा सञ्चालन हुन नसकेको तथा फिदिम–६ को काफलबोटे आधारभूत विद्यालयको चारकोठे भवन पहिरोले बगाउँदा उक्त विद्यालयको पठनपाठन प्रभावित बनेको नगरप्रमुख काफ्लेले बताए ।

नगर क्षेत्रभित्र रू एक करोड चार लाखको लागतमा पहिरोबाट क्षतिग्रस्त शाखा सडकको मर्मत र पुनःनिर्माण गरिएको नगरपालिकाले जनाएको छ । यस्तै पहिरोले पूर्ण क्षति भएका ९० घरलाई अस्थायी आवास निर्माणका लागि रू २५ हजारका दरले पहिलो किस्तावापतको रकम उपलब्ध गराउन थालिएको नगर प्रमुख काफ्लेको भनाइ छ । रासस/फाइल फोटो

वि.सं.२०८१ फागुन २ शुक्रवार ०८:५७ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...