back
CTIZAN AD

नगरपालिकाद्वारा कम्बल वितरण

वि.सं.२०८१ फागुन ६ मंगलवार

720 

shares

कञ्चनपुर । यहाँस्थित शुक्लाफाँटा नगरपालिकाले ३०७ जनालाई कम्बल वितरण गरेको छ । नगरपालिकाको चालु आर्थिक वर्षका लागि तय गरिएको कार्यक्रमअन्तर्गत १२ वटै वडाका अति विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिलालगायतलाई कम्बल वितरण गरेको हो ।

वडा कार्यालयबाट सिफारिस भई आएका नामावलीका आधारमा कम्बल वितरण गरिएको नगर उपप्रमुख कल्पना पन्तले जानकारी दिइन् । वडा कार्यालयमै पुगेर कम्बल वितरण गरिएको नगर उपप्रमुख पन्तले बताइन् । “चिसोबाट जोगाउन कम्बलले सहयोग पुग्ने विश्वास लिएका छौँ”, उनले भनिन्, “यस वर्ष कम्बल वितरण ढिलो भए पनि अर्को वर्षदेखि समयमै न्यानो कपडा वितरण गर्नेछौँ ।”

नगरपालिकाले प्रत्येक वर्ष दातृ निकायको सहयोग र नगरपालिकाको स्रोत परिचालन गरी विपन्न, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा, कम्बल, ह्विलचेयरलगायतका सहायक सामग्री वितरण गर्दै आएको छ । रासस

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:५१ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...