back

माओवादी केन्द्रको जागरण अभियान : कस्तो तयारी ?

वि.सं.२०८१ फागुन ८ बिहीवार

747 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले हुलाकी मार्गकेन्द्रित तराई-मधेस जागरण अभियान सुरु गर्दैछ । झापाको कचनकबलबाट सुरु हुने अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

जागरण अभियानका लागि तयारी पूरा भएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका अनुसार फागुन १२ गते झापाबाट सुरु हुने अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिनेछ । गत पुस २१ गतेदेखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकको सो निर्णय गरेको हो । बैठको निर्णयअनुसार मातहतका समितिहरुलाई परिपत्र गरिसकेको माओवादीले जवनाएको छ ।

अभियानका क्रममा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादीले जनाएको छ । अभियानमा पार्टी अध्यक्ष प्रचण्डका आलाव वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूसहित सांस्कृतिक टोलीसमेत रहने बताइएको छ ।

अभियानमा प्रदेश, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरूको पनि सहभागी रहनेछन् । माओवादी केन्द्रले तयार पारेको अभियान तालिका अनुसार कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ । यस्तै, मधेस प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कार्यक्रम हुनेछ ।

यस्तै, बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके र सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ ।

वि.सं.२०८१ फागुन ८ बिहीवार ११:२६ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...