back
CTIZAN AD

माओवादी केन्द्रको जागरण अभियान : कस्तो तयारी ?

वि.सं.२०८१ फागुन ८ बिहीवार

831 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले हुलाकी मार्गकेन्द्रित तराई-मधेस जागरण अभियान सुरु गर्दैछ । झापाको कचनकबलबाट सुरु हुने अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

जागरण अभियानका लागि तयारी पूरा भएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका अनुसार फागुन १२ गते झापाबाट सुरु हुने अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिनेछ । गत पुस २१ गतेदेखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकको सो निर्णय गरेको हो । बैठको निर्णयअनुसार मातहतका समितिहरुलाई परिपत्र गरिसकेको माओवादीले जवनाएको छ ।

अभियानका क्रममा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादीले जनाएको छ । अभियानमा पार्टी अध्यक्ष प्रचण्डका आलाव वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूसहित सांस्कृतिक टोलीसमेत रहने बताइएको छ ।

अभियानमा प्रदेश, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरूको पनि सहभागी रहनेछन् । माओवादी केन्द्रले तयार पारेको अभियान तालिका अनुसार कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ । यस्तै, मधेस प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कार्यक्रम हुनेछ ।

यस्तै, बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके र सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ ।

वि.सं.२०८१ फागुन ८ बिहीवार ११:२६ मा प्रकाशित

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...