काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा पाँच सय रुपैयाँ र चाँदीमा रु १० ले वृद्धि भएको छ ।
बुधबार एक लाख ७० हजार पाँच सय रुपैयाँमा किनबेच भएको प्रतितोला सुनको मूल्य आजका लागि एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, बुधबार एक हजार ८५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०८१ फागुन ८ बिहीवार ११:४१ मा प्रकाशित




























