back
CTIZAN AD

रेडपाण्डा संरक्षणका लागि पहल सुरु

वि.सं.२०८१ फागुन २१ बुधवार

735 

shares

मङ्गलबारे (इलाम) । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु गरिएको हो ।

कृषि मन्त्रालयका नाममा रहेको उक्त आठ हजार चार सय २४ रोपनीमध्ये अधिकांश जग्गा प्रयोगबिहीन छ । सोही जमिनको सदुपयोग गरी जैविकमार्ग विकास गर्न लागिएको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन तथा अनुगमन समेत गरेको छ । टोलीले स्थानीय तथा सो क्षेत्रका जनप्रतिनिधिसँग छलफल समेत गरेको जनाइएको छ ।

रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कले यसअघि पनि सोही ठाउँमा आठ सय रोपनी जमिन खरिद गरिसकेको छ । उक्त जग्गामा वृक्षारोपण समेत भइसकेको जनाइएको छ । रेडपाण्डा संरक्षण गर्न जैविकमार्ग विस्तारमा लागि जग्गा अपुग भएपछि कृषि मन्त्रालयअन्तर्गतको उक्त जमिन वन तथा वातावरण मन्त्रालय मातहतमा ल्याएर काम अगाडि बढाउन लागिएको हो ।

उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी, मेघमा, तुम्लिङ्गलगायतमा वृक्षारोपण गरी वन्यजन्तु आवतजावत गर्ने जैविकमार्ग बनाउन पहल थालिएको वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक एवम् प्राविधिक टोलीका संयोजक धनञ्जय लामिछानेले बताए । उनका अनुसार पहिलो चरणमा जमिन उपयुक्त छ या छैन भन्ने विषयमा काम गरिनेछ ।

सो क्षेत्रमा हाल गाइपालन भइरहेको छ । चरन क्षेत्रका रूपमा रहेको जमिनलाई संरक्षण गर्न र हरियाली बनाउन काम थालिएको हो । सो क्षेत्रमा वृक्षरोपण गरी रोजगारी सृजना समेत गर्ने उद्देश्य रहेको रेडपाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङ्फुरी शेर्पाले बताए ।

रेडपाण्डाको आहारका लागि आवश्यक बिरुवा रोपण गरी जैविकमार्ग बनाउने काम नेटवर्कसँगको सहकार्यमा काम भइरहेको दीपज्योजी युवा क्लबका कार्यक्रम संयोजक राम रिमालले बताए ।

उक्त क्षेत्र नेपाल–भारत सीमामा पर्छ । भारततर्फ घना जङ्गल भए पनि नेपालतर्फ उजाड चौर छ । जसका कारण वन्यजन्तु आवतजावतमा समस्या भइरहेको छ । नेपालतर्फ बोटबिरुवा लगाएर हरियाली बनाउन सकेमा नेपाल र भारत लोपोन्मुख रेडपाण्डालगायतका वन्यजन्तु आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । भारततर्फको भू–भाग सिंह लिला नेशनल पार्क संरक्षित क्षेत्रका रुपमा छ । रेडपाण्डा इलामसहित ताप्लेजुङ, पाँचथरलगायत नेपालका १३ जिल्लामा पाइन्छ ।

वि.सं.२०८१ फागुन २१ बुधवार ०७:४७ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...