back
CTIZAN AD

गल्याङ बहुमुखीको स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

वि.सं.२०८१ फागुन २६ सोमवार

1.7K 

shares

काठमाडौँ । स्याङ्जाको गल्याङ बजार स्थित गल्याङ बहुमुखीको स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ ।
निर्वाचन समितिले सहमति विपरीतका कार्यहरू गरेको भन्दै अनेरास्ववियु, अनेरास्ववियु, अनेरास्ववियु ९क्रान्तिकारी०, अखिल समाजवादीसहित विभिन्न चार विद्यार्थी सङ्गठनले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासन र निर्वाचन समितिलाई सहमति विपरीतको कार्य अविलम्ब सच्चाउन माग गर्दै नसच्चाए थप आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

चार विद्यार्थी सङ्गठनले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘आसन्न चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्य तालिका अनुसार गल्याङ बहुमुखी क्याम्पसमा सम्पूर्ण विद्यार्थी सङ्गठन र निर्वाचन समितिबिच भएको सहमति अनुसार फाल्गुन १३ गते सम्म भर्ना अन्तिम हुने गरी निर्णय भएकोमा सहमति विपरीत फाल्गुन २५ गते प्रकाशित अन्तिम मतदाता नामावली प्रकाशन गरिएको भेटिएकाले आसन्न निर्वाचनको मर्यादा विपरीत निर्वाचन समितिले गरेको कार्यको घोर निन्दा गर्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गर्दै यो निर्णय उपर सम्बोधन नहुँदा सम्म कुनै पनि बैठकमा सहभागी नहुने समेत जानकारी गराउँदछौँ ।’

यस्तै विज्ञप्तिमा थपिएको छ, ‘यदि समयमै हाम्रो मागलाई सम्बोधन गर्न आलटाल गर्दै स्ववियु निर्वाचन समयमा सम्पन्न हुने वातावरण तयार नगरे थप आन्दोलनको घोषणा गर्ने र आन्दोलनबाट उत्पन्न परिस्थितको जिम्मेवार स्वयम क्याम्पस प्रशासन र निर्वाचन समिति नै हुने जानकारी गराउन चाहन्छौँ ।’

वि.सं.२०८१ फागुन २६ सोमवार १०:४४ मा प्रकाशित

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...