back
CTIZAN AD

आज फागुन २७ गते, मंगलवारको राशिफल भन्छ यी ८ राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०८१ फागुन २७ मंगलवार

1K 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। प्रक्रिया नमिल्नाले कुनै काम दोहोर्याउनुपर्ला। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। फाइदाका लागि साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी हुनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। किनमेल र यात्रामा अधिक खर्च हुनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। समय अनुकूल नरहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। अरूका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्ने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। तर परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला। पूर्वाधार भने तयार पार्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा हुनेछ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन रमाइलो र उत्साहजनक रहनेछ। प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। तर आतिथ्य केही खर्चिलो हुनेछ। भौतिक साधन जोड्ने समय छ। सोख पूरा गर्न केही रकम खर्च गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले लाभ उठाउन सक्छन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि खर्चिलो काम थाल्न राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अध्ययनमा प्रगति हुनेछ।

२०८१ फागुन २७ गते, मंगलवार, (११ मार्च २०२५)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८१ फागुन २७ मंगलवार ०७:२० मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...