back
CTIZAN AD

होली पर्व शुभकामनाः मुख्यमन्त्री कार्की

वि.सं.२०८१ फागुन २९ बिहीवार

588 

shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फागुपूर्णिमा अर्थात् होली पर्वले नेपालीहरूबीच एकता र सद्भाव अभिवृद्धि गरी विकास र समृद्धिका लागि अघि बढ्न प्रेरणा दिने बताएका छन् ।

आज होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले हामी नेपालीको यस किसिमको मौलिक र परम्परागत पर्वले एकआपसमा सद्भाव र भाइचारा वृद्धि गरी हाम्रा धर्म, संस्कृति र पहिचानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

असत्यमाथि सत्यको विजय उत्सवको रूपमा मनाइने यो पर्वले सबै नेपालीलाई सत्यमा हिँड्नको लागि प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले मौलिक परम्पराहरूको संरक्षण गर्दै आपसी सद्भाव र एकताका साथ पर्व मनाउने प्रचलनले हाम्रो राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार पार्न अभिप्रेरित गर्ने धारणा व्यक्त गरे ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुपहिचान भएको मुलुक भएकाले हामी नेपालीबीचको एकता र सद्भाव वृद्धि भएको हो भन्दै मुख्यमन्त्री कार्कीले होली पर्वको अवसरमा विकास र समृद्धिको बाटोमा अघि बढ्नका लागि सफलता मिलोस् भनी शुभकामना व्यक्त गरे ।

वि.सं.२०८१ फागुन २९ बिहीवार १६:०४ मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...