back
CTIZAN AD

मटिहानीमा पाँच शय्याको प्रसूतिगृह निर्माण

वि.सं.२०८१ चैत १ शुक्रवार

879 

shares

महोत्तरी । मटिहानी–६ मा पाँच शै्याको प्रसूतिगृह निर्माण गरिएको छ । ग्रामीण बस्ती मटिहानीमा प्रसूतिगृह निर्माणले यहाँ सहज स्वास्थ्य सेवा उपलब्ध हुने भरोसा जागेको छ ।

सुत्केरी गराउन टाढाका अस्पताल जानुपर्ने तथा आर्थिक अभावले अब उपचारबाट वञ्चित हुनु नपर्ने मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको आर्थिक स्रोतबाट करिब रु दुई करोडको लागतमा प्रसूतिगृह निर्माण गरिएको हो ।

“आव प्रसूतिलेल बेसी दौडधूप नइ कर परत, अइस प्रसूति बेरके दिकत घटत से विश्वास जागल अइ (अब सुत्केरी गराउन कहाँ लैजाने भन्ने दौडधुप गर्नु पर्दैन, यसले सुत्केरी गराउने बेलाको अप्ठ्यारो हट्ने विश्वास छ)” मटिहानी–५ की सुनकेसी चौधरी भन्छिन् ।

प्रसूतिगृह निर्माणसम्पन्न भएसँगै अब चाँडै सेवा सञ्चालनको प्रबन्ध मिलाइने नगरप्रमुख मण्डलको भनाइ छ । प्रसूतिगृहबाट नगरपालिकाका नौवटै वडा, बस्ती, छिमेकका अन्य बस्ती तथा सूतिगृहबाट नजिकै रहेको भारतीय बस्तीका गरिबले सेवा लिन पाउने उपप्रमुख मञ्जुदेवी साहले बताईन् । यसअघि जलेश्वर अस्पताल र जनकपुरका अस्पताल धाउनुपर्ने अवस्था थियो ।

वि.सं.२०८१ चैत १ शुक्रवार १५:५२ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...