back
CTIZAN AD

रास्वपा सांसदद्वयले चरित्रहत्या गर्न खोजेको भन्दै डा केसीको आपत्ति

वि.सं.२०८१ चैत २ शनिवार

993 

shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन् । उनले शनिबार पत्रकार सम्मेलन गरी गत फागुन २८ मा प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको बताएका हुन् ।

“साविक मनमैजु गाविस वडा नं ९ हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो, मलाई सरकारी जग्गा एक कित्ता पनि चाँहिदैन, मेरो चरित्रहत्या गर्ने मनसायका साथ संसदमा आवाज उठाउँदा म दुःखीत भएको छु”, डा केसीले भने ।

उनले संसद्को अभिव्यक्तिले आफ्नो राजनीतिक चरित्रहत्या भएको भन्दै कानुनी उपचारमा जानेसमेत स्पष्ट पारे । डा केसीले आधार र प्रमाणबिना कपोलकल्पित र भ्रमपूर्ण प्रश्न संसदमा उठ्नु गलत भएको समेत बताए ।

पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरी व्यक्तिगत चरित्रहत्या र मानहानी हुने हिसावले संसदमा कुरा उठाउनु गलत भएको बताए ।
नगरप्रमुख महर्जनले सार्वजनिक जग्गा संरक्षणका लागि तारकेश्वर नगरपालिका लागिरहेको भन्दै राजनीतिक पूर्वाग्रह राखेर आम नागरिकलाई भ्रम फैलाउने काम जनप्रतिनिधीबाटै भइरहेकोमा चिन्ता व्यक्त गरे ।

“म सङ्घीय सांसद र प्रदेश सांसदहरुलाई भन्न चाहन्छु, आउनुहोस् सार्वजनिक जग्गा कहाँ कहाँ मिचिएको छ बसेर नापजाँच गरौँ”, नगरप्रमुख महर्जनले भने । भूगोल नभएको कुरालाई लिएर संसदमा प्रस्तुत हुनु गलत भएको उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेकपा (एमाले)का नेता लब बस्नेत, कांग्रेसका नेता इन्द्रमान महर्जन, तारकेश्वर वडा नं १० का वडाअध्यक्ष कुमार राईलगायतले लालपुर्जाले प्रष्ट पारिसकेको विषयमा संसदजस्तो जिम्मेवार थलोमा बोल्नुले संसदको गरिमा घटाएको बतााएका थिए ।

वि.सं.२०८१ चैत २ शनिवार १६:१३ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...