back
CTIZAN AD

नगरपालिकाद्वारा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान

वि.सं.२०८१ चैत ११ सोमवार

879 

shares

बन्दीपुर (तनहँ) । यहाँको भानु नगरपालिकाले प्राविधिक शिक्षा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमराज भण्डारीले जानकारी दिए ।

हरेकविद्यार्थीलाई रु एक लाख ५० हजारका दरले ३९ लाख रकम वितरण गरिएको भण्डारीले बताए । उनले भने, “प्राविधिक जनशक्ति उत्पादन गरी यसै नगरपालिकामा प्राथमिकताका आधारमा उहाँहरुलाई रोजगारी दिने समेत योजना बनाएका छौँ । एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेको अवस्थामा प्रत्येक वर्ष वार्षिक रूपमा रु एक लाखका दरले पाँचवर्षसम्म रु पाँच लाख प्रदान गर्ने निर्णय भएको छ ।”

नगरपालिकाको पाठ्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवनीलगायतका अन्य विषयवस्तु समेटी स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ तयार गरेर कक्षा १ देखि ८ सम्म नगरपालिकाका सबै विद्यालयहरूमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यक्रम निर्माण गर्नेमा गण्डकी प्रदेशमै भानु नगरपालिका पहिलो भएको शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले बताए ।

सरकारले बालविकास केन्द्र देखि कक्षा ५ सम्ममा प्रतिव्यक्ति रु १५ का दरले दिवा खाजाका लागि अनुदान दिँदै आएकोमा नगरपालिकाले रु पाँच थप गरी प्रतिविद्यार्थी रु २० पु¥याई कक्षा ६ सम्म विस्तार गरेको छ । रासस/फाइल फोटो

 

वि.सं.२०८१ चैत ११ सोमवार ०८:४३ मा प्रकाशित

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...