back
CTIZAN AD

गाडिएको अवस्थामा शव फेला, छजना पक्राउ

वि.सं.२०८१ चैत १८ सोमवार

531 

shares

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा फेला परेको हो ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित पाँच नेपालीलाई पक्राउ गरेको छ । लेनदेनको विषयलाई लिएर उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा बसोबास गर्दै आएका साह यही चैत ११ गतेदेखि हराइरहेको भनी प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त बौद्धको टोलीले खोजी थालेको थियो ।

प्रहरीले उक्त घटनामा संलग्न सर्लाहीको चक्रघट्टा गाउँपालिकाका २२ वर्षीय निपु मण्डल, सोही ठाउँका १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल तथा भारतीय नागरिक २९ वर्षीय २९ सुनिल शर्मालाई पक्राउ गरेको छ ।

निजहरुलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ चैत १८ सोमवार १२:१२ मा प्रकाशित

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन...

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...