नवलपूर । नेतृत्व विकासका लागि ५ दिने उद्घोषण तथा वाक कला तालिम सम्पन्न भएको छ । देवचुली नगरपालीका वडा नं–१५ ले “सिर्जनशिल दक्ष र क्षमतावान महिला जनशक्ति निर्माणमा हाम्रो अभियान” भन्ने मूल नाराका सो तालिम आयोजना हो ।
उक्त तालिम कार्यक्रम देवचुली नगरपालिका १५ का वडा अध्यक्ष सुरेश कुमार रानाभाटको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । तालिम देवचुलीस्थित भागिरथी आमा समुहको सभाहलमा चैत्र १० देखी १५ गतेसम्म संचालन भएको हो । महिलाहरुलाई लक्षित गरी तालिम आयोजना गरेको हो ।
कार्यक्रममा वडा अध्यक्ष रानाभाटले आगामी दिनमा समाजको हितमा यस्ता अरु फरक फरक तालिमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । महिला अगाडी बढ्न र आफ्नो क्षमताको अधिकार शसक्तिकरण गरि अघि चुलो चौकोमा मात्र सिमित नभई आफू भित्र को कला प्रस्तुत गर्न र सबल र सक्षम गराउनको लागि सकारात्मक पाटोमा जोड्न आग्रह गर्दै नवलपुरमै देवचुली भित्रका महिला समुदायलाई अव्बल र सक्षम जनशक्ती बनाउन आजैदेखी पहल गर्ने कुरामा जोड दिएका थिए ।

तालिमको प्रशिक्षण प्रशिक्षक द्धोय प्रितम भुजेल र राम व्लोन तमाङलाई विशेष आभार समेत व्यक्त गरेका थिए । उक्त तालिममा ३० जना महिला सहभागी थिए ।
कार्यक्रममा वडाका जनप्रतिनिधिहरु प्रेम प्रसाद खनाल, माया सुवेदी, मानकुमार श्रेष्ठ, अनिता सुनार साथै विभिन्न आमा समुहका प्रतिनिधिको उपस्तिथि रहेको थियो ।
वि.सं.२०८१ चैत १८ सोमवार ११:५४ मा प्रकाशित






























