back
CTIZAN AD

चाइना सेल्स मिसन पुनः यस पटक पनि चीनमा

वि.सं.२०७४ जेठ १८ बिहीवार

906 

shares

१८ जेठ,काठमाडौँ  । नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले पर्यटन प्रवद्र्धनका लागि नियमित रुपमा गर्दै आएको चाइना सेल्स मिसन पुनः यस पटक पनि चीनमा गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास बेइजिङको सहकार्य एवम् समन्वयमा यही जेठ २४ देखि १० दिनसम्म चीनका चार प्रमुख व्यावसायिक सहर चेङदु, ग्वाङजाउ, हाङजाउ र बेजिङमा विभिन्न कार्यक्रमको आयोजना गरी नेपालको पर्यटकीय गन्तव्य र उत्पादनबारे जानकारी गराइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

नाट्टाका अध्यक्ष मधुसुदन आचार्यको नेतृत्वमा चीन जान लागेको नेपाली पर्यटन व्यवसायीको प्रवद्र्धन टोलीमा ट्राभल/टुर व्यवसायी, होटल एवम् ट्रेकिङका गरी कुल ३२ जना सहभागी हुने नाट्टाले जनाएको छ ।

टोलीले चारैवटा सहरमा नेपालको पर्यटनबारे प्रस्तुतीकरण गर्नुका साथै त्यहाँको स्थानीय टुर अपरेटरसँग व्यवसायी/व्यवसायीबीच छलफल गर्ने तथा स्थानीय सञ्चार माध्यमलाई नेपालका पर्यटकीय आकर्षणबारे जानकारी गराइने कार्यक्रम छ ।

सन् २००९ मा चीन सरकारले नेपाललाई पनि सम्भाव्य चिनियाँ नागरिकका लागि प्रमुख गन्तव्यका रुपमा मान्यता दिएपछि नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको नाट्टाको ठहर छ । रासस

वि.सं.२०७४ जेठ १८ बिहीवार १४:५६ मा प्रकाशित

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौँ  । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा...

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौँ । ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले...

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु...

दुई सय केजी गाँजा बरामद

दुई सय केजी गाँजा बरामद

इनरुवा (सुनसरी) । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २००...

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...