back
CTIZAN AD

आयुर्वेद तथा अनुसन्धान केन्द्रको अन्तरङ्ग सेवा

वि.सं.२०७४ जेठ १८ बिहीवार

1.1K 

shares

१८ जेठ, काठमाडौँ  । राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान केन्द्रको कीर्तिपुरमा अन्तरङ्ग सेवा सुरु भएको छ ।

एक्सरे, अल्ट्रासाउन्ड, इसिजी, इइजी, इन्डोस्कोपी, पञ्चकर्म, क्षारसूत्र, अकुपन्चर, थेराप्युटिक योग जस्ता सेवा सो केन्द्रले दिने छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सो सेवाको आज उद्घाटन गर्दै नयाँ संरचनानुसार प्रत्येक गाउँपालिकादेखि महानगरपालिकासम्म आयुर्वेद तथा वैकल्पिक चिकित्साको विकास गरिने बताउनुभयो ।

आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्यायले मुलुकमा रहेका लोपोन्मुख जडीबुटी तथा खनिज तत्वलाई संरक्षण तथा विस्तारका लागि आवश्यक रणनीति तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रका अध्यक्ष डा ऋषिराम कोइरालाले हस्तलिखित ग्रन्थबाट विकास भएका उपचार पद्धति आयुर्वेदमा अपनाइने भए पनि त्यसको सिद्धान्त, मान्यता तथा अभ्यासलाई थप खोज अनुसन्धान गर्ने उद्देश्य केन्द्रले लिएको बताउनुभयो । केन्द्रका कार्यकारी निर्देशक सिद्धार्थकुमार ठाकुरका अनुसार चीन सरकारको सहयोगमा करिब ३० रोपनीको क्षेत्रफलमा रु डेढ करोडको लागतमा सो संस्था स्थापना गरिएको र जडीबुटी तथा प्राकृतिक स्रोतको अनुसन्धान र स्तरीकरणका लागि केन्द्रले काम गर्ने जानकारी गराउनुभयो । रासस

वि.सं.२०७४ जेठ १८ बिहीवार १४:५५ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...