back
CTIZAN AD

न्यायाधीश नियुक्तिका विषयमा निर्णय असार १ गते  सुनाउने

वि.सं.२०७४ जेठ १८ बिहीवार

912 

shares

१८ जेठ,काठमाडौँ  । सर्वोच्च अदालतले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्ति गरेको विरुद्धमा परेको रिट निवेदनमा आगामी असार १ गते निर्णय सुनाउने भएको छ ।

न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हाको पूर्ण इजलासले आज उच्च अदालतका ८० न्यायाधीश नियुक्तिविरुद्धको अन्तिम निर्णय आगामी असार १ गते सुनाउने आदेश भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

न्यायाधीश नियुक्तिमा वरिष्ठतालाई ध्यान नदिएको, सरकारी वकिललाई प्राथमिकतामा नराखेको उल्लेख गरी नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता तोयानाथ ढुङ्गाना, डिलहरि शर्मा, सुरेन्द्रप्रसाद यादव र प्रकाशकुमार काफ्लेले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।

सो विषयमा आज वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले बहस गर्नुभएको थियो ।

न्यायपरिषद्ले गत पुस २९ गते उच्च अदालतका लागि विभिन्न क्षेत्रबाट ८० जना न्यायाधीशको नियुक्ति गरेको थियो । रासस

वि.सं.२०७४ जेठ १८ बिहीवार १४:५१ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...