back
CTIZAN AD

सबै दललाई निर्वाचनमा भागलिने वाताबरण तयार गरिनुपर्छ– अध्यक्ष ढकाल

वि.सं.२०७४ जेठ १८ बिहीवार

1.2K 

shares

eknath-dhakal१८ जेठ, कैलाली । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलका विकल्प रोज्न मतदाता तयार हुनु पर्ने बताएका छन् । । परिवार दलको प्रदेश नम्बर ७ द्वारा आयोजित उम्मेदवार प्रशिक्षण कार्यक्रममा बुधबार धनगढीमा यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले सचेत मतदाताले प्रतिबद्धता पुरा नगर्ने पार्टीलाई छोड्न र उचित विकल्प रोज्न सके मात्र लोकतन्त्र र विकासले सार्थकता पाउने बताए । अग्रपंथी लोकतन्त्रलाइ आत्मसात गरेको परिवार दल एक उत्कृष्ट विकल्प हुन सक्ने भन्दै ढकालले स्थानीय तहमा नमुना कामको लागि साँचोमा मतदान गर्न सबैलाई आग्रह गरे ।
परिवार दल नेपालको राजनीतिमा बैकल्पिक लोकतान्त्रिक शक्ति बन्ने लक्ष्यका साथ अगाढि बढेको उल्लेख गदैे भोट ब्यक्ति वा पार्टीलाई नभई मुद्धा हेरेर दिन पनि मतदातामा आवहान् गरे ।
अध्यक्ष ढकालले दलहरुलाई निर्वाचनमा भागलिने वाताबरण तयार गर्ने जिम्बेवारी सरकारको हो भन्दै निर्वाचन मार्फत आफ्ना मुद्धाहरु स्थापित गर्न असन्तुष्ट दलहरुलाई आग्रह गरे । अध्यक्ष ढकालले संसद्को ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन भए परिवार दल खुशी हुने भन्दै समर्थन वा बिरोध गुण र दोषको आधारमा गरिने बताए ।
ढकालले आसन्न स्थानीय तहको निर्बाचन, संविधानको कार्यान्वयन, असन्तुष्ट दलहरुका माग सम्बोधन, पुनर्निर्माण तथा नबनिर्माण र राष्ट्रियताका सवालहरुको उचित सम्बोधन गर्न सबै दलहरु एक ठाउमा उभिनु पर्नेमा जोड दिए ।
मुलुकमा बढ्दो राजनैतिक हस्तक्षेप र भागबन्डाले सुशासन, न्याय र विकास निर्माण प्रभावित भउको प्रति चिन्ता ब्यक्त गर्दै गलत कामको खबरदारी गर्न र नयाँ मोडेलको विकास हेर्न पनि मतदातासंग परिवार दलको पक्षमा मत दिनुपर्नेमा जोड दिए । भ्रष्टाचार, सामाजिक बिकृति र विसंगतिको विपक्ष तथा सत्य, शान्ति र बिकासको पक्षमा नेपाल परिवार दल सधै उभिएको छ भन्दै ढकालले बैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा आफ्नो दल अघि बढ्ने स्पष्ट पारे ।
सोहि अवसरमा अध्यक्ष ढकालले बिभिन्न पार्टी परित्याग गरि परिवार दलमा प्रबेश गर्नेहलाई पार्टीको सदस्यता दिदै पार्टी प्रबेस गराएका थिए ।
दलका प्रदेश नम्बर ७ का संयोजक नबिन बजगाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगर पालिकाका मेयरका उम्मेद्वार खडक सिंह नागरि, उपमेयरका उम्मेदबार निर्मला श्रेष्ठ, शालिकराम चौधरी, इद्रिस मोहमद लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

वि.सं.२०७४ जेठ १८ बिहीवार १३:१० मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...