back
CTIZAN AD

वडा कार्यालय र प्रहरी चौकी बनाउन जग्गा दान

वि.सं.२०८१ चैत २२ शुक्रवार

843 

shares

पर्वत । फलेवास नगरपालिकाका बासिन्दाले वडा कार्यालय र प्रहरी चौकी निर्माणका लागि रु ३३ लाख ५० हजारको ९ रोपनी जग्गा दान गरेका छन् ।

फलेवास–५ खानीगाउँका बासिन्दाले चन्दा सङ्कलन गरी जग्गा किनेर नगरपालिका र जिल्ला प्रहरी कार्यालयलाई लालपूर्जा हस्तान्तरण गरेका हुन् । स्थानीयवासीका साथै स्वदेश तथा विदेशमा रहेकाहरुले समेत जग्गा खरिद गर्न सहयोग गरेका स्थानीय समाजसेवी भोलानाथ शर्मा लम्सालले जानकारी दिए । प्रहरीको भवन निर्माण गर्न पाँच रोपनी तीन आना तथा वडा कार्यालय निर्माण गर्न चार रोपनी जग्गा खरिद गरिएको उनले बताए ।

अहिलेसम्म प्रहरी चौकी भाडाको घरमा सञ्चालन हुँदै आएको छ भने वडा कार्यालय फलेवास सिँचाई आयोजनाको कार्यालयमा सञ्चालन भइरहेको छ । जग्गाको लालपूर्जा प्रहरी नायव उपरीक्षक रविन विष्ट र खानीगाउँका वडाध्यक्ष नारायणप्रसाद लामिछानेलाई हस्तान्तरण गरिएको छ ।रासस/फाइल फोटो

 

वि.सं.२०८१ चैत २२ शुक्रवार ०९:१२ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...