back
CTIZAN AD

पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार

वि.सं.२०८१ चैत २७ बुधवार

564 

shares

राँझा (बाँके) । बर्सातमा पानी चुहिएर पठनपाठनमा समस्या हुने गरेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित रारा माध्यमिक विद्यालयका भवनमा नयाँ जस्तापाता र रङरोगनपछि चिटिक्क देखिएको छ ।

नयाँ शैक्षिक सत्रको सुरुआतसँगै विद्यालयको भौतिक पूर्वाधार पुनर्निर्माण भएपछि यतिबेला विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक सबै खुसी देखिएका छन् । शौभाग्य शाह फाउण्डेसनले विद्यालय भवनमा जीर्ण भएको छानामा नयाँ जस्तापाताले पुनर्निर्माण गर्नुका साथै भवनमा रङरोगन गरिदिएपछि विद्यालयको मुहार नै फेरिएको प्रधानाध्यापक मानबहादुर खड्काले बताए ।

उनका अनुसार बर्खायाममा पानी चुहिएर पढ्न नमिल्ने अवस्थामा पुगेको विद्यालयको तीन भवनमा जस्तापाता फेर्नुका साथै भवन रङ्रोगन गरिएको हो । रङगरोगन पछि यतिबेला विद्यालय भवन तथा मुख्य प्रवेशद्वार आकर्षक देखिएका छन् ।

विद्यालयको भौतिक पूर्वाधारको अवस्था दयनिय रहेकाले फाउण्डेसनले सामाजिक कार्यअन्तर्गत विद्यालयलाई रु १३ लाख बराबरको भौतिक पूर्वाधार तथा खेल सामग्री सहयोग गरेको फाउण्डेसनका अध्यक्ष अनुपविक्रम शाहले बताए ।

“रारा माध्यमिक विद्यालयको भवन भए पनि बर्खामा पानी चुहिएर पढ्नै नमिल्ने अवस्था थियो, तीन वटा भवनमा जस्तासहित सम्पूर्ण विद्यालय रङरोगन गरेर बच्चालाई पानी चुहिनबाट बचाउने काम गरेका छौँ, भलिबल र टेबल टेनिस कोर्ड तथा खेल सामग्री पनि सहयोग गरेका छौँ”, उनले भने, “हाम्रो परिवारले दाईको सम्झनामा शौभाग्य शाह फाउण्डेसन स्थापना गरेर सामाजिक, स्वास्थ्य, वातावरण र शिक्षा क्षेत्रमा काम गर्दै आएका छौँ ।”

शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्व डा शौभाग्य शाहको १५ वर्षअघि हृदयाघातबाट निधन भएको थियो । स्व डा शाहको सम्झनामा परिवारले फाउण्डेसन स्थापना गरेर सामाजिक कार्य गर्दै आएको छ । वडा नम्बर १ का वडाध्यक्ष रुपबहादुर मल्लले शौभाग्य शाह फाउण्डेसनले विद्यालयलाई गरेको सहयोग अविस्मरणीय रहेको बताए । माध्यमिक तहको विद्यालय चलाउन अझै पनि समस्या भएकाले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन फाउण्डेसनलाई आग्रह गरे ।

फाउण्डेसनले बाँकेको बैजनाथ–१ मै रहेको सूर्योदय मावि चिसापानीमा पनि कम्प्युटर, ल्यापटप, बास्केटबल र भलिबल कोर्ट, शुद्ध खानेपानी व्यवस्था, खेलकुद सामग्रीमा करिब रु १५ लाख बराबरको सहयोग गरेको थियो ।

 

वि.सं.२०८१ चैत २७ बुधवार १५:०५ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...