back
CTIZAN AD

केरा पकेट क्षेत्रमै केराका बोट मर्न थालेपछि कृषक चिन्तित

वि.सं.२०८१ चैत ३० शनिवार

702 

shares

उदयपुर । त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु तथा छामलिङ क्षेत्रमा दुई वर्षदेखि व्यावसायिक केरा उत्पादन गर्दै आएका कृषक केराका बोट मर्न थालेपछि चिन्तत बनेका छन् ।

त्रियुगा–१५ खाँबुका वडाध्यक्ष विष्णु तिमसिनाका अनुसार खाँबु क्षेत्र नगरपालिका क्षेत्रको नै केरा पकेट क्षेत्र रहँदै आएको तर एक–दुई वर्षयतादेखि केरामा विभिन्न प्रकारका रोगका कारण बोट मर्न थालेका छन् ।

यस्तै, त्रियुगा–१४ साउनेका वडाध्यक्ष हेमराज मगरका अनुसार साउने क्षेत्रको सुनकोसी किनार क्षेत्र १ नम्बर केरा उत्पादन क्षेत्र रहँदै आए पनि हाल आएर केराका बोटमा रोग लाग्न थालेको र पसाउने गरेको केरा पनि मर्न थालेपछि कृषक चिन्तित बन्न थालेका छन् ।

वडा नं १५ छामलिङका कृषक देवबहादुर मगर भन्छन्, “आफ्नो पाखाबारी घरजग्गा सबै ३० रोपनीभन्दा पनि बढी जग्गामा केराखेती नै गर्दै आएको र वार्षिक रु दुई लाखसम्मको केरा बिक्री गर्ने गरेको भए पनि हाल आएर केराका बोट नै मर्न थालेका कारण अहिले केराखेतीबाट आम्दानी हुन छाडेको छ ।”

केराका बिरुवा नै पहेँलो हुने र बोटको फेदमा कुहिएर मर्न थालेपछि फल लागेका केराका बोट नै मर्ने गरेको अँधेरीका कृषक नारायण पुलामी मगर बताउछन् । दुई वर्षदेखि गाउँका केराका बोटको फेद कुहिने र बोट मर्न थालेपछि गाउँमा केरा उत्पादनमा ठूलो घाटा लाग्न थालेको अँधेरीका अर्का कृषक हर्कबहादुर राईले बताए ।

वडा नं १५ का वडाध्यक्ष तिमसिना भन्छन्, “आफूले कृषि ज्ञान केन्द्रका प्राविधिकसँग पनि यस विषयमा परामर्श लिएको र केराका बोट कुहिन थालेपछि सबै केरा मासेर नयाँ बिरुवा रोप्नुपर्ने, गुभारा किराजस्ता रोगका कारण यस्तो भएको भन्ने सुझावका आधारमा गाउँका कृषकलाई पुरानो रोग लागेको केरा मासेर सो स्थानमा अब नयाँ बिरुवा लगाउन सुझाव दिएको छु ।”
कृषि ज्ञान केन्द्रका अनुसार गोभारा किरा र पहेँले रोगका कारण केराका बोट कुहिने, पहेँलो हुने र मर्ने गरेका छन् । नगरपालिकाका– १४ साउने र धाप्लाङ तथा १५ को खाँबु, अँधेरी, छामलिङलगायत सुनकोसी किनार क्षेत्र केरा पाकेट क्षेत्रका रुपमा रहँदै आएका छन् । स्थानीय कृषकका अनुसार यी क्षेत्रमा प्रायः परपम्परागत केरा नै बढी उत्पादन हुने गरेको छ । झप्री, मर्चे, मुङ्ग्रे, मालभोक, चिनियाचम्पा प्रजातिका केरा यी क्षेत्रमा उत्पादन हुने गरेको कृषक बताउँछन् ।

file- photo

वि.सं.२०८१ चैत ३० शनिवार १४:१५ मा प्रकाशित

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली...

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ...

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब...

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत...

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर (झापा) । यहाँकोे बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको...