back

केरा पकेट क्षेत्रमै केराका बोट मर्न थालेपछि कृषक चिन्तित

वि.सं.२०८१ चैत ३० शनिवार

246 

shares
GLOBAL IME AD
NTC AD

उदयपुर । त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु तथा छामलिङ क्षेत्रमा दुई वर्षदेखि व्यावसायिक केरा उत्पादन गर्दै आएका कृषक केराका बोट मर्न थालेपछि चिन्तत बनेका छन् ।

त्रियुगा–१५ खाँबुका वडाध्यक्ष विष्णु तिमसिनाका अनुसार खाँबु क्षेत्र नगरपालिका क्षेत्रको नै केरा पकेट क्षेत्र रहँदै आएको तर एक–दुई वर्षयतादेखि केरामा विभिन्न प्रकारका रोगका कारण बोट मर्न थालेका छन् ।

यस्तै, त्रियुगा–१४ साउनेका वडाध्यक्ष हेमराज मगरका अनुसार साउने क्षेत्रको सुनकोसी किनार क्षेत्र १ नम्बर केरा उत्पादन क्षेत्र रहँदै आए पनि हाल आएर केराका बोटमा रोग लाग्न थालेको र पसाउने गरेको केरा पनि मर्न थालेपछि कृषक चिन्तित बन्न थालेका छन् ।

वडा नं १५ छामलिङका कृषक देवबहादुर मगर भन्छन्, “आफ्नो पाखाबारी घरजग्गा सबै ३० रोपनीभन्दा पनि बढी जग्गामा केराखेती नै गर्दै आएको र वार्षिक रु दुई लाखसम्मको केरा बिक्री गर्ने गरेको भए पनि हाल आएर केराका बोट नै मर्न थालेका कारण अहिले केराखेतीबाट आम्दानी हुन छाडेको छ ।”

केराका बिरुवा नै पहेँलो हुने र बोटको फेदमा कुहिएर मर्न थालेपछि फल लागेका केराका बोट नै मर्ने गरेको अँधेरीका कृषक नारायण पुलामी मगर बताउछन् । दुई वर्षदेखि गाउँका केराका बोटको फेद कुहिने र बोट मर्न थालेपछि गाउँमा केरा उत्पादनमा ठूलो घाटा लाग्न थालेको अँधेरीका अर्का कृषक हर्कबहादुर राईले बताए ।

वडा नं १५ का वडाध्यक्ष तिमसिना भन्छन्, “आफूले कृषि ज्ञान केन्द्रका प्राविधिकसँग पनि यस विषयमा परामर्श लिएको र केराका बोट कुहिन थालेपछि सबै केरा मासेर नयाँ बिरुवा रोप्नुपर्ने, गुभारा किराजस्ता रोगका कारण यस्तो भएको भन्ने सुझावका आधारमा गाउँका कृषकलाई पुरानो रोग लागेको केरा मासेर सो स्थानमा अब नयाँ बिरुवा लगाउन सुझाव दिएको छु ।”
कृषि ज्ञान केन्द्रका अनुसार गोभारा किरा र पहेँले रोगका कारण केराका बोट कुहिने, पहेँलो हुने र मर्ने गरेका छन् । नगरपालिकाका– १४ साउने र धाप्लाङ तथा १५ को खाँबु, अँधेरी, छामलिङलगायत सुनकोसी किनार क्षेत्र केरा पाकेट क्षेत्रका रुपमा रहँदै आएका छन् । स्थानीय कृषकका अनुसार यी क्षेत्रमा प्रायः परपम्परागत केरा नै बढी उत्पादन हुने गरेको छ । झप्री, मर्चे, मुङ्ग्रे, मालभोक, चिनियाचम्पा प्रजातिका केरा यी क्षेत्रमा उत्पादन हुने गरेको कृषक बताउँछन् ।

file- photo

वि.सं.२०८१ चैत ३० शनिवार १४:१५ मा प्रकाशित

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...

आगलागीमा ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा...

आलुखेतीबाट लाखौं आम्दानी गर्दै किसान

आलुखेतीबाट लाखौं आम्दानी गर्दै किसान

इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले...

नौ महिनामा दुई अर्ब ३५ करोडभन्दा बढी राजस्व सङ्कलन

नौ महिनामा दुई अर्ब ३५ करोडभन्दा बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

मुन्दुम पदमार्गको चखेवामा ‘रैथाने खाना महोत्सव सम्पन्न’

मुन्दुम पदमार्गको चखेवामा ‘रैथाने खाना महोत्सव सम्पन्न’

भोजपुर । मुन्दुम पदमार्गका विकास तथा प्रवद्र्धनका लागि भोजपुरको चखेवामा...

सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

मनोज अधिकारी/इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने...