back

वर्षासँगै परेको असिनाले गहुँबाली र तरकारीमा क्षति

वि.सं.२०८१ चैत ३१ आइतवार

117 

shares
GLOBAL IME AD
NTC AD

बैतडी । वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ । शनिवार अपराह्न परेको असिनापानीले पाक्न लागेको गहुँ बाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् ।

जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्याएको हो । बैतडीका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि असिनापानीले अन्न र तरकारी बाली नष्ट गरेको जनाइएको छ । अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा व्यापक क्षति पुर्याएको सिगास गाउँपालिका–९ का रामबहादुर चन्दले जानकारी दिए । असिनाले खेतबारी सेताम्मे भएका छन् । उनले भने, “गहुँ पाकेर भित्र्याउने तयारी भएको थियो, असिनापानीले सबै नष्ट गर्यो ।”

दोगडाकेदार–६ सित्तडका दलबहादुर कार्कीले पनि असिनाले गहुँबालीका तरकारी नष्ट गरेको बताए । फलफूल, आलु, प्याज, लसुन तथा खुर्सानी र बन्दा, काउली, टमाटरका बेर्नामा क्षति पुगेको उनले बताए । उनले भने, “पाक्न थालेको बालीनाली र तरकारी असिनापानीले सबै नष्ट पारेपछि उत्पादनमा कमी आउने देखिएको छ । किसानहरू चिन्तित भएका छन् ।” कृषि ज्ञान केन्द्रले एकीन विवरण आउन नसके पनि अन्नबाली र तरकारीमा क्षति पुगेको जनाएको छ ।रासस/फाइल फोटो

 

वि.सं.२०८१ चैत ३१ आइतवार ०९:०७ मा प्रकाशित

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल (डोटी) । सिकार खेल्न गएका एक जनाको गोली लागेर...

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

दोधारा चाँदनी (कञ्चनपुर) । पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने...

शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित

शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित

दोधारा चाँदनी (कञ्चनपुर) । शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना...

बजेट अभावले खानेपानी आयोजना वर्षौंदेखि अलपत्र

बजेट अभावले खानेपानी आयोजना वर्षौंदेखि अलपत्र

गोदावरी (कैलाली) । बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित...

पैङ्क केन्द्रबिन्दु भएर भूकम्प

पैङ्क केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर...

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

मान्म (कालीकोट) । जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै...