back

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

वि.सं.२०८२ वैशाख ४ बिहीवार

264 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित रामबहादुर बम्जनलाई सफाइ दिएको छ । न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसलालाई बदर गर्दै बम्जनसहित अन्य दुई जना आरोपितलाई निर्दोष ठहर गरेको हो ।

अदालतको फैसलासँगै रामबहादुर बम्जन सिन्धुपाल्चोक कारागारबाट मुक्त भएका छन् । फैसला आएको दिन राति उच्च अदालतको फैसलाको पत्र प्राप्त भएपछि भोलिपल्ट चैत ७ गते बिहानै बम्जनलाई रिहा गरिएको हो ।

बम्जनमाथि २०७३ साउन २० गते रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप लागेको थियो । तामाङले आफू बालिकाबेलामा यौन शोषणमा परेको भन्दै १८ वर्ष पुगेपछि २०७६ असोज २३ गते जाहेरी दिएकी थिइन् । नेपाली कानुन अनुसार बालबालिका माथिको यौन अपराध सम्बन्धी उजुरी १८ वर्ष पुगेपछि दर्ता गर्न पाइन्छ ।

जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको थियो । सो मुद्दामा संलग्न अन्य दुई व्यक्ति–ज्ञानबहादुर र डिगबहादुर बम्जन भने जिल्ला अदालतबाटै सफाइ पाएका थिए ।

जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो भने बम्जनले पनि आफू निर्दोष रहेको जिकिर गर्दै सफाइको माग गर्दै रिट दायर गरेका थिए ।

 

वि.सं.२०८२ वैशाख ४ बिहीवार १७:०९ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...