back
CTIZAN AD

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

वि.सं.२०८२ वैशाख ४ बिहीवार

702 

shares

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित रामबहादुर बम्जनलाई सफाइ दिएको छ । न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसलालाई बदर गर्दै बम्जनसहित अन्य दुई जना आरोपितलाई निर्दोष ठहर गरेको हो ।

अदालतको फैसलासँगै रामबहादुर बम्जन सिन्धुपाल्चोक कारागारबाट मुक्त भएका छन् । फैसला आएको दिन राति उच्च अदालतको फैसलाको पत्र प्राप्त भएपछि भोलिपल्ट चैत ७ गते बिहानै बम्जनलाई रिहा गरिएको हो ।

बम्जनमाथि २०७३ साउन २० गते रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप लागेको थियो । तामाङले आफू बालिकाबेलामा यौन शोषणमा परेको भन्दै १८ वर्ष पुगेपछि २०७६ असोज २३ गते जाहेरी दिएकी थिइन् । नेपाली कानुन अनुसार बालबालिका माथिको यौन अपराध सम्बन्धी उजुरी १८ वर्ष पुगेपछि दर्ता गर्न पाइन्छ ।

जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको थियो । सो मुद्दामा संलग्न अन्य दुई व्यक्ति–ज्ञानबहादुर र डिगबहादुर बम्जन भने जिल्ला अदालतबाटै सफाइ पाएका थिए ।

जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो भने बम्जनले पनि आफू निर्दोष रहेको जिकिर गर्दै सफाइको माग गर्दै रिट दायर गरेका थिए ।

 

वि.सं.२०८२ वैशाख ४ बिहीवार १७:०९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...