back
CTIZAN AD

दक्षिण एसियाली खेलकुदमा २३ खेललाई प्राथमिकता

वि.सं.२०७४ जेठ १९ शुक्रवार

999 

shares

१९ जेठ, काठमाडौँ  । नेपाल ओलम्पिक कमिटीले १३ औँ दक्षिण एसियाली खेलकुदमा फुटबल, भलिबल, करातेलगायत २३ खेललाई प्राथमिकता दिने निर्णय गरेको छ ।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले यही जेठ २३ र २४ गते भुटानमा हुने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा ती खेललाई प्रस्ताव गर्ने निर्णय गरेको हो । त्यसैगरी एक महिनापछि तुर्कमिनिस्तानको राजधानी आस्गाबाटमा हुने एसियन इन्डोर गेम्समा नेपालले सहभागिता जनाउने निर्णय गरेको छ ।

आधुनिक ओलम्पिक खेलकुद सुरुआत भएको दिन असार १० गते (जुन २३) को सम्झनामा आगामी असार ३ देखि १० गतेसम्म कमिटीका मातहतका सबै सङ्घसंस्थालाई उत्सव गर्न बैठकले निर्देशन दिएको छ । रासस

वि.सं.२०७४ जेठ १९ शुक्रवार १५:२१ मा प्रकाशित