back
CTIZAN AD

प्राधिकरण र सिउरी न्यादीबीच विद्युत् खरिद सम्झौता

वि.सं.२०७४ जेठ १९ शुक्रवार

834 

shares

१९ जेठ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र सुपर न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक सिउरी न्यादी पावर प्रालिबीच आज विद्युत् खरिद सम्झौता भएको छ ।

लमजुङ, भुलभुलेमा अवस्थित ४०.२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ । प्राधिकरणमा आयोजित विद्युत् खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पावरका प्रमुख शैलेन्द्र गुरागाईंबीच हस्ताक्षर भएको छ ।

सम्झौतानुसार हिउँदमा प्रतियुनिट रु ८.४० र वर्षामा भने रु ४.८० पैसामा प्राधिरणले विद्युत् खरिद गर्ने भएको छ । गुरागाईंका अनुसार आयोजना निर्माण सम्पन्न भएको आठ वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतको दरले महसुल वृद्धि हुनेछ ।

न्यादी खोलाको ६.८ घमि प्रतिसेकेन्ड पानीलाई ३० मि लामो र तीन मि उचाइको बाँध बाँधिनेछ । उक्त आयोजनाको पानीलाई सुरुङमार्फत काफलडाँडा पु¥याएर विद्युत् उत्पादन गरिनेछ । विसं २०७९ साउन ९ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको तारीकुना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने कार्यकारी सञ्चालक गुरागार्इंले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ जेठ १९ शुक्रवार १५:२८ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...