back
CTIZAN AD

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

वि.सं.२०८२ वैशाख १५ सोमवार

2.6K 

shares

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष परबिन गुरुङका अनुसार यही आउँदो वैशाख २३ देखी २७ गतेसम्म ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ आयोजना गर्न लागिएको हो ।

अध्यक्ष कपमा महिला तथा पुरुष भलिबल प्रतियोगिता, शिक्षक–कर्मचारी स्तरीय मैत्रीपूर्ण भलिवैल प्रतियोगिता हुने गुरुङले जानकारी गराएका छन् । पुरुष भलिबल प्रतियोगिता भने जिल्ला स्तरिय हुने छ ।

भलिबल प्रतियोगितामा विहादी गाउँपालिका भित्रका वडा–वडाका समूहबिच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार, अनुशासित खेलाडीलाई पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

पुरुष भलिबलतर्फ प्रथम पुरस्कार एक लाख ५० हजार, उत्कृष्ट ब्लकर पुरस्कार पाँच हजार, द्वितीय पुरस्कार एक लाख पाँच हजार, उत्कृष्ट सेटर पुरस्कार पाँच हजार, तृतीय पुरस्कार ७५ हजार पाँच सय रुपैयाँ राखिएको अध्यक्ष गुरुङले बताए ।

यस्तै महिला भलिबलतर्फको विजेताले १५ हजार, उत्कृष्ट स्पाईकरले पाँच हजार तथा उप–विजेताले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । सम्पूर्ण विहादीवासी, वडामा रहेका खेलाडीहरूलाई कार्यक्रममा सहभागी हुन उनले आग्रह गरेका छन् ।

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:४३ मा प्रकाशित

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...