back
CTIZAN AD

लौकाखेतीबाट एकै याममा लाखौँ आम्दानी गर्दै उराँव

वि.सं.२०८२ वैशाख १६ मंगलवार

726 

shares

इनरुवा (सुनसरी) । सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा रु चार लाखसम्म आम्दानी गर्दै आएका छन् ।

वार्षिक रु २० हजारमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उनले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा रु ५० हजार लगानी भएको बताए ।

बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा रु ५० हजार खर्च भएको भन्दै उनले एक याममा रु चार लाखसम्म आम्दनी हुने जानकारी दिए । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा रु चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे ।

उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदुखेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए । गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौकाखेती गरेको उनले बताए । लौका सुरुमा प्रतिगोटा रु ८० मा बिक्री गरेकामा अहिले रु २० देखि २५ मा बिक्री हुँदा पनि रु चार लाख आम्दानी भइरहेको उनले उल्लेख गरे । रासस/फाइल फोटो

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०७:२० मा प्रकाशित

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...