back
CTIZAN AD

दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला

वि.सं.२०८२ वैशाख १७ बुधवार

882 

shares

भक्तपुर । सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

अन्य दिन दर्शनार्थीले मन्दिर प्रवेश नगरी पश्चिम ढोकाबाटै दर्शन गर्ने व्यवस्था गरिएको भए पनि आज अक्षय तृतीयाका दिन केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएकाले आज दर्शनार्थीका लागि चार वटै ढोका खुल्ला गरेर मन्दिर भित्र प्रवेश गरी आफैँले पूजा गर्ने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव हरिशरण बस्नतले जानकारी दिए ।

आज बिहान ४ बजेदेखि चार वटै ढोका खुल्ला गरी दर्शनार्थीलाई मन्दिरका चारै ढोकाबाट प्रवेशगरी भक्तजन आफैँले पूजा एवम् दर्शन गर्नेगरी व्यवस्थापन गरिएको उनले बताए । समितिले अक्षय तृतीयाका दिन, भदौ ६ गते, महाशिवरात्रिमा गरी वर्षमा तीन दिन भने मन्दिरभित्रै प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था गर्दै आएको छ ।

मेलामा भीड व्यवस्थापनका ४० जनालाई स्वयंसेवक परिचालन गरिएको छ । दर्शनार्थीलाई लाइनमा लागेको ३० मिनेटभित्रै दर्शन एवम् पूजा गर्नेगरी व्यवस्थापन गरिएको उनले जानकारी दिए । रासस/फाइल फोटो

 

वि.सं.२०८२ वैशाख १७ बुधवार १२:४४ मा प्रकाशित

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...