back

नियमानुसार छात्रवृत्ति वितरण गर्न निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८२ वैशाख १७ बुधवार

429 

shares
IME Limited
NTC AD

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका संस्थागत (निजी) विद्यालयहरूलाई जेठको पहिलो सातासम्म छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागले जारी गरेको सूचनामार्फत कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो ।

निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०५८ र काठमाडौँ महानगर शिक्षा ऐन, २०६८ अनुसार संस्थागत विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान छ ।

महानगरले छात्रवृत्तिका लागि विद्यालयस्तरमै समिति गठन गर्न भनिएको छ । सो समितिमा वडा अध्यक्ष (वा तोकिएको प्रतिनिधि), विद्यालयका प्रधानाध्यापक, महानगरको शिक्षा निरीक्षक तथा विद्यालय व्यवस्थापन समितिका एक अभिभावक प्रतिनिधि रहनुपर्नेछ ।

सूचनामार्फत छात्रवृत्तिको विवरण महानगरको वेबसाइट मबतबअयििभअतष्यल.पबतजmबलमग.नयख.लउ मार्फत पठाउन समेत भनिएको छ । साथै विद्यालयहरूले सूचना पाटीमा छात्रवृत्तिको सूचना टाँस गर्न र इच्छुक विद्यार्थी तथा अभिभावकलाई आवेदन दिन सक्ने व्यवस्था गर्न पनि भनेको छ ।

 

वि.सं.२०८२ वैशाख १७ बुधवार १२:३० मा प्रकाशित

बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक

बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक

काठमाडाैँ । बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक भएको...

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

काठमाडौँ । महालक्ष्मी विकास बैंककाले ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई...

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

असार महिनाको लागि वाणिज्य बैंकहरुको नयाँ व्याजदर

असार महिनाको लागि वाणिज्य बैंकहरुको नयाँ व्याजदर

काठमाडौं । असार महिनाको लागि वाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेका...