back
CTIZAN AD

घट्यो गहुँ उत्पादन

वि.सं.२०८२ वैशाख १८ बिहीवार

915 

shares

अत्तरिया (कैलाली) । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई सय ९८ मेट्रिक टनले गहुँ उत्पादन घटेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष त्यति नै क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादकत्व पनि घटेको छ । गत वर्ष गहुँको उत्पादकत्व तीन दशमलव ४२ मेट्रिक टन प्रतिहेक्टर रहेकामा यस वर्ष तीन दशमलव ३५ मेट्रिक टन प्रतिहेक्टर भएको सूचना अधिकारी दुर्गाप्रसाद ओझाले जानकारी दिए ।

“उत्पादनमा केही कमी आएको छ । पानी आवश्यक पर्ने बेलामा वर्षा कम भयो, सबै किसानले उन्नत जातको बीउ प्रयोग नगर्दा उत्पादन घटेको हो”, कार्यालयले उत्पादन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराउँदै आएको जानकारी दिँदै सूचना अधिकारी ओझाले भने । रासस/फाइल फोटो

 

वि.सं.२०८२ वैशाख १८ बिहीवार ११:१० मा प्रकाशित

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

खलङ्गा (दार्चुला) । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल...