back
CTIZAN AD

आफ्नै गोरु काटेको आरोपमा स्याङ्जामा एक युवा पक्राउ

वि.सं.२०८२ वैशाख १८ बिहीवार

1.8K 

shares

स्याङ्जा । स्याङ्जामा गोरु काटेको आरोपमा बुधवार एक जना पक्राउ परेका छन् । जिल्लाको पुतलीबजार नगरपालिका १२ पेल्काचौर सिम्लेका टेक भन्ने डम्बर बहादुर गुरुङ आफ्नै गोरु काटेको आरोपमा पक्राउ परेका हुन् । उनलाई गोरु काटेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलका अनुसार गुरुङले मङ्गलवार आफ्नै घर नजिकै बारीमा फलामको घनले टाउकोमा प्रहार गरी गोरु मारेका थिए । त्यसपश्चात् मासुलाई टुक्राटुक्रा बनाई आफ्नो घरको आँगनमा ल्याई त्रिपाल भित्र लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रहरी आउने सुइँको पाएपछि तत्काल फरार रहेका गुरुङ खोजतलास गर्दै जाँदा बुधवार मध्यान्न १२ बजे पुतलीबजार नगरपालिका स्थित पेल्काचौरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका थिए ।

गोरु काटेको स्थानबाट बोरा, दाउ, चक्कु, हँसिया छुरी, स्लिप ढुङ्गा बरामद गरिएको छ । पक्राउ परेका गुरुङ माथि पशुपक्षी सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट दिन १०को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

वि.सं.२०८२ वैशाख १८ बिहीवार ११:२२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...