back
CTIZAN AD

सोती घटनामा उच्च अदालतको फैसलामाथि संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको आपत्ति

वि.सं.२०८२ वैशाख १९ शुक्रवार

645 

shares

काठमाडौँ । २०७७ जेठ १० मा नवराज विकसहित ६ जनाको सामूहिक हत्याको सोती घटनामा उच्च अदालत सुर्खेतको फैसला पूर्वाग्रहपूर्ण भन्दै संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आपत्ति जनाएको छ ।

चार दिनअघि उच्च अदालत सुर्खेतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको संयुक्त इजलासले २३ जनालाई जन्मकैदको सजाय गर्ने रुकुम जिल्ला अदालतको फैसला सदर गरेको थियो । जातीय छुवाछूत तथा भेदभावको कसुरको सजाय बदर गरेको भन्दै समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका संयोजक एवं नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपालिद्वारा जारी विज्ञप्तिमा जातीय भेदभाव तथा छुवाछूतलाई जबरजस्ती ढाकछोप गरी दण्डहीनतालाई प्रश्रय दिएको भन्दै आपत्ति जनाइएको छ ।

‘जिल्ला अदालत रुकुम, राष्ट्रिय मानव अधिकार आयोग तथा अन्य मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा कार्यरत सङ्घ सङ्गठनका प्रतिवेदन र स्वयम् संसदीय विशेष छानबिन समितिले ठहर गरेका कुरालाई प्रमाण किन मानिएन ?’ समितिले भनेको छ ।

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १४:०१ मा प्रकाशित

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...