back
CTIZAN AD

‘अनुवादक परिचय कोश’ ल्याउँदै प्रतिष्ठान

वि.सं.२०७४ जेठ २० शनिवार

1K 

shares

२० जेठ, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न भाषाबाट नेपालीमा र नेपालीबाट अङ्ग्रेजीलगायत विभिन्न अन्य भाषामा साहित्यिक कृति अनुवाद गर्ने अनुवादकहरुको ‘अनुवादक परिचय कोश’ निर्माण गर्ने भएको छ ।

प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय वाङ्मय सङ्गोष्ठीमा यसै वर्षभित्र कोश तयार पार्न लागिएको प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्रा डा उषा ठाकुरले जानकारी दिनुभयो ।

कार्यक्रममा त्रिविका उपप्राध्यापक बलराम अधिकारीले अनुवादक परिचय कोशको परिकल्पना, निर्माण प्रक्रिया र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै अनुवादकले सर्जकलाई चिनाउने, फैलाउने र पाठककामा पु¥याउने गरे पनि हामीकहाँ सर्जकलाई चिनाउने व्यक्ति नै आफ्नो सर्जकीय पहिचानबाट वञ्चित रहेको बताउनुभयो ।
सो कोशको निर्माणका लागि प्रा डा ठाकुरको मातहतमा छ सदस्य समिति गठन भएको छ । सो समितिले अनुवादकका बारेमा सूचना सङ्कलन गर्ने, सङ्कलित सूचनाका आधारमा उनीहरुको परिचय लेख्ने र सम्पादन गर्ने काम गर्दै आएको छ ।

प्रा गोविन्दराज भट्टराई कार्यकारी निर्देशक रहेको सो परियोजनाका सङ्कलक एवम् सम्पादकमा प्रा योगेन्द्रप्रसाद यादव, नवीन चित्रकार, बलराम अधिकारी, जयदेव भट्टराई र माधव लामिछाने हुनुहुन्छ ।
सङ्गोष्ठीमा सहभागी अनुवादक तीर्थप्रसाद भट्टराई९वरिष्ठ कार्यकारी सम्पादक, राष्ट्रिय समचार समिति० नेपाली साहित्यबाट अरु विभिन्न भाषामा र अन्य भाषाबाट नेपाली भाषामा अनुवाद हुँदा साहित्य, भाषा, कला, संस्कृतिको प्रचारप्रसार हुने बताउँदै हराइरहेका अनुदित सामग्री र अनुवादकलाई प्रकाशमा ल्याउनुपर्नेमा जोड दिनुहुन्छ ।

वि.सं.२०७४ जेठ २० शनिवार ०३:३८ मा प्रकाशित

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...