back
CTIZAN AD

भारतीय अवरोधका कारण नारायणीमा तटबन्ध आयोजना दुई वर्षदेखि अलपत्र

वि.सं.२०७४ जेठ २० शनिवार

969 

shares

२० जेठ, नवलपरासी । सुस्तामा भारतीय पक्षको अवरोधका कारण निमार्णाधीन नारायणी नदी तटबन्ध आयोजना दुई वर्षदेखि अलपत्र परेको छ ।

भारतीय पक्षले नेपाली भूमि रहेको नारायणी नदीको सिमानामा काम गर्न अवरोध गरिरहेको छ । सरकारको लगानीमा सुस्ता संरक्षणका लागि नारायणी छेउमा करिब एक हजार पाँच सय मिटर तटबन्ध भइसकेको छ । यद्यपि भारतीय पक्षको अवरोधका कारण नेपाली भूमिमा बाँकी करिब ६० देखि ८० मि तटबन्ध गर्ने काम बाँकी छ ।

सुस्ता संरक्षण गर्ने उद्देश्यले सरकारले गरेको तटबन्धको काममा भारतले लगाएको अवरोधप्रति सुस्तावासी निकै आक्रोशित भएका हुन् । नवलपरासी, सुस्तावासीले भारतीय पक्षले नारायणी नदीमा नेपाली भूमिसम्म तटबन्ध गर्न अवरोध गरेकाले नेपाल सरकारलाई भारतसँग सहजीकरण गर्न माग गरेका छन् ।

भारतीय पक्षको अवरोधका कारण नेपाल सिमानासम्म पनि तटबन्ध गर्न नसकिएको जनाउँदै सुस्तावासीले कूटनीतिक पहलबाट सो समस्या समाधान गर्न नेपाल सरकारलाई गुहारेका हुन् ।

जनताको तटबन्ध कार्यक्रमानुसार सरकारले सुस्ता क्षेत्रमा पानी र बाढीको समस्या समाधान गर्न तटबन्ध लगाउन थालेको हो । बाँकी नेपाली भूमिको भागमा भारतीय पक्षले तटबन्ध गर्न नदिएका कारण बाँकी केही भाग तटबन्ध गर्ने कार्य रोकिन गएको छ ।

सुस्ता क्षेत्रमा भारतीय पक्षद्वारा भएको अवरोध तत्काल हटाउन सुस्तावासीले माग गरेका छन् । नेपाली भूमिमा रहेको नारायणी नदीमा तटबन्ध निर्माणको काममा भारत पक्षद्वारा गरिएको अवरोध हटाउन भारतसमक्ष पहल गरिदिन सुस्तावासीले नेपाल सरकारसँग आग्रह गरेका हुन् ।

सुस्तामा हालसम्म करिब जनताको तटबन्ध कार्यक्रमअन्तर्गत करिब रु छ करोडको लगानीमा तटबन्ध लगाउने काम भएको छ । चालु आवमा २०७३÷०७४ मा करिब रु दुई करोडको काम गर्न लागिएको जनताको तटबन्ध चितवन फिल्ड कार्यालयले जनाएको छ ।

सुस्ता क्षेत्रमा भारतीय पक्षले गर्दै आएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको सांसद देवकरणप्रसाद कलवारको भनाइ छ । साबिक त्रिवेणी सुस्ता गाविस र हालको त्रिवेणी सुस्ता गाउँपालिकामा पर्ने सुस्ता गाउँमा करिब दुई हजार पाँच नेपाली समुदायको जनसङ्ख्या छ ।

वि.सं.२०७४ जेठ २० शनिवार ०३:४२ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...