back
CTIZAN AD

रुकुम पश्चिममा अफिमखेती नष्ट

वि.सं.२०८२ वैशाख १९ शुक्रवार

480 

shares

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा चैत महिनादेखि हालसम्म २३३ रोपनीमा लगाएको अफिमखेती नष्ट गरिएको छ । चैतको पहिलो सातादेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा लगाएको अफिमखेती प्रहरीले नष्ट गरेको हो ।

आठबिसकोट नगरपालिका–१ मा ४०, वडा नं २ मा २३ र वडा नं ३ मा ५० रोपनीमा लागाएको लागुऔषध अफिमखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए । त्यस्तै वडा नं ५ मा १८, वडा नं ७ मा २६, वडा नं १२ मा ६, सानीभेरी गाउँपालिका–६ र बाँफीकोट गाउँपालिका–५ मा ३५÷३५ रोपनीमा लगाएको अफिमखेती नष्ट गरिएको उनले बताए ।

जङ्गलको बीचमा अफिमखेती गर्ने गरेकाले खेती गर्ने व्यक्तिको पहिचान गर्न तथा कारबाहीको दायरमा ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १६:०५ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने...