back
CTIZAN AD

विद्यालय कर्मचारी परिषद्ले सार्यो सातबुँदे माग

वि.सं.२०८२ वैशाख १९ शुक्रवार

465 

shares

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेको छ । आज यहाँ आयाजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले नेपाल शिक्षक महासङ्घ र सरकारबीच भएको नौबुँदे सहमतिमा आफ्नो माग पूरा नभएकाले आन्दोलन गर्नुपरेको बताए ।

उनले सातबुँदे माग राखी यही वैशाख २१ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको छ । शिक्षक र कर्मचारीबीच विभेद अन्त्य गर्नुपर्ने, हालसम्म भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गर्नुुपर्ने, तलबमान कायम गर्नुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएको समयमा शिक्षा ऐन जारी गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग रहेका छन् ।

पत्रकार सम्मेलनमा बब्बन मिश्राको संयोजक र दीप खतिवडाको सहसंयोजक रहेको १५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए । उहाँका अनुसार परिषद्ले यही वैशाख २१ देखि जेठ ३ गतेसम्म कालोपपट्टी बाँधी कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गतेका दिन ७५३ वटा स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने, जेठ ६ गते शिक्षा, विकास तथा समन्वय इकाइमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षणपत्र बुझाउने, जेठ ७ गते प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाउने र जेठ ९ र १० गते काठमाडौँमा सडक आन्दोलनको घोषणा गरेको छ ।

सरकार र शिक्षकबीच गत वैशाख १७ गते नौबुँदे सहमति भएपछि गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन स्थगित भएको थियो ।

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १५:५७ मा प्रकाशित

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...