back
CTIZAN AD

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

वि.सं.२०८२ वैशाख २१ आइतवार

1.7K 

shares

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ ।

गण्डकी प्रदेश, पर्यटन मन्त्रालयबाट रु २० लाख, सामाजिक विकास मन्त्रालयबाट रु चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट रु तीन लाखको लागतमा उद्यानको संरचना निर्माण गरिएको हो ।

उद्यान निर्माण उपभोक्ता समितिका सचिव विष्णु गुरुङले उद्यानमा राष्ट्रकविको जीवन दर्शन, साहित्य साधना र राष्ट्रिय योगदानको प्रतीक राखिएको जानकारी दिए । उनका अनुसार राष्ट्रकविले बाल्यकालमा खेल्नेबस्ने गरेको उपलटाउको चौतारा संरक्षण समेत भइरहेको छ । नवनिर्मित उद्यान तथा सालिकको राष्ट्रपति रामचन्द्र पौडेलले आज अनावरण तथा शुभारम्भ गर्नेे राष्ट्रकवि प्रतिष्ठान तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरले जानकारी दिए । राष्ट्रकविले नेपाली साहित्यमा पुर्याएको योगदान अतुलनीय रहेको र त्यही योगदानको स्मृति र सम्मानस्वरूप घिमिरेको जन्मथलोमा उद्यान निर्माण काम अघि बढाइएको उनले बताए ।

राष्ट्रकवि माधव घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको मस्र्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो । नेपाली साहित्यमा गम्भीर साधनारत रहनुभएका घिमिरेले कविता, गीत, गीतिनाटक, निवन्ध, नाटक, बालसाहित्यलगायत विधामा विशिष्ट योगदान दिएका थिए । जीवनकालभरि उनले साहित्य सेवामार्फत राष्ट्रिय भावनालाई सशक्त बनाउनुभएको थियो । ‘गौरी’, ‘मालती मङ्गले’, ‘राजेश्वरी’, ‘अन्तरक्रिया’, ‘भारती’, ‘सकुन्तला’लगायत कृतिहरू आज पनि नेपाली साहित्यका अमूल्य सम्पत्ति मानिन्छन् ।

 

वि.सं.२०८२ वैशाख २१ आइतवार ११:१५ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...