back
CTIZAN AD

माल्दिभ्सका राष्ट्रपति मुइज्जुद्वारा १५ घण्टा लामो पत्रकार सम्मेलन

वि.सं.२०८२ वैशाख २१ आइतवार

828 

shares

कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टा सम्म पत्रकार सम्मेलन गरी युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीको यसअघिको रेकर्ड तोडेको उहाँको कार्यालयले जनाएको छ ।

मुइज्जुले स्थानीय समयअनुसार शनिबार बिहान १० बजे सुरू गरेको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको हो ।

“राष्ट्रपति मुइज्जुले पत्रकारका प्रश्नको निरन्तर जवाफ दिँदै सम्मेलन मध्यरातसम्म लम्बिएको र यो उहाँले राष्ट्रपतिका रूपमा बनाएको नयाँ विश्व कीर्तिमान भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

सन् २०१९ को अक्टोबरमा युक्रेनको नेसनल रेकड्र्स एजेन्सीले जेलेन्स्कीको १४ घण्टे पत्रकार सम्मेलनले बेलारुसका प्रभावशाली नेता अलेक्जेन्डर लुकासेन्कोको सात घण्टाभन्दा लामो रेकर्ड तोडेको दाबी गरेको थियो ।

मालदिभ्स सरकारले मुइज्जुको विस्तारित सत्रलाई शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मनाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।

उहाँले समाजमा प्रेसको महत्वपूर्ण भूमिकालाई स्वीकार गर्दै तथ्यपरक, सन्तुलित र निष्पक्ष रिपोर्टिङको महत्वमा जोड दिएका छन् ।

लामो सत्रको दौडान मुइज्जुले पत्रकारमार्फत जनताका सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ पनि दिएका थिए ।

सन् २०२३ मा सत्तामा आएका मुइज्जुको नेतृत्वमा माल्दिभ्स रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले प्रकाशित गरेको सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा १८० देशमध्ये दुई स्थान माथि चढ्दै १०४औँ स्थानमा पुग्न सफल भएको छ ।

शनिबारको सत्रमा उनले पत्रकार र उनीहरूमार्फत् जनताको विभिन्न प्रश्नको जवाफ दिएको विज्ञप्तिमा उल्लेख छ ।

करिब दुई दर्जन पत्रकारको उपस्थिति रहेको पत्रकार सम्मेलनभन्दा पहिले मुइज्जुका पूर्ववर्तीले सन् २००९ मा समुद्रको सतह बढ्न सक्ने खतरालाई उजागर गर्न पहिलो पटक ‘पानीमुनि मन्त्रीपरिषद्को बैठक’ आयोजना गरेर अर्को विश्व रेकर्ड कायम गरेका थिए ।

पूर्व राष्ट्रपति मोहम्मद नसिदले हिन्द महासागरको पानीमुनि मन्त्री परिषद्को बैठक आयोजना गरेका थिएभने यसको राष्ट्रिय टेलिभिजनद्वारा प्रत्यक्ष प्रशारण गरिएको थियो ।

माल्दिभ्स समुद्रको सतह बढाउनसक्ने ग्लोबल वार्मिङविरुद्धको लडाइँको अग्रपङ्क्तिमा छ र विश्वव्यापी तपक्रम वृद्धिले भूमध्यरेखामा छरिएर रहेका एक हजार १९२ साना कोरल टापुहरूको देशलाई दलदलमा पार्न सक्ने जोखिम रहेको छ । एएफपी

वि.सं.२०८२ वैशाख २१ आइतवार १३:३३ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...