back
CTIZAN AD

‘जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ’

वि.सं.२०८२ वैशाख २१ आइतवार

474 

shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताले सधैँ अनुभूति गर्नेगरी विकास, निर्माणसम्बन्धी काम गर्नुपर्ने बताएका छन् । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको स्वागतमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले राजनीतिकर्मीले जनताप्रति थुप्रै वाचा गरेकाले जनताले सम्झनेगरी काम गर्नुपर्नेमा जोड दिए ।

“हामी राजनीतिकर्मीले निर्वाचनका बेला जनतासँग थुप्रै प्रतिबद्धता गरेर आएका हुन्छौँ, थुप्रै लक्ष्य लिएका हुन्छौँ, लक्ष्य प्राप्तिका लागि आआफ्नो क्षेत्रबाट लाग्नुपर्छ, राजनीतिकर्मी जनताप्रति प्रत्यक्ष उत्तरदायी भएर काम गर्नुपर्छ”, मन्त्री खड्काले भने । सधैँका लागि आफ्नो कार्यकाल नहुने भएकाले आफू नेतृत्वमा रहँदा जनताले प्रत्यक्ष अनुभूति हुने खालका काम गर्नुपर्ने उनकोे भनाइ छ ।

मन्त्री खड्काले सीमित स्रोतसाधनकाबीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरूमा रहेकाले यसमा राज्यमन्त्रीको साथ र सहयोग हुने विश्वास व्यक्त गरे । उनले तीनै तहका सरकारसँग समन्वय गरेर दायित्वलाई जिम्मेवारपूर्वक निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

मन्त्री खड्काले व्यावहारिक ज्ञान, अनुशासित, मर्यादित, जिम्मेवार व्यक्तित्वका रूपमा आफूले राज्यमन्त्रीलाई लिएको बताउँदै आफूले सिकेको, देखेको, भोगेका कुरा र अनुभवलाई राष्ट्र निर्वाहमा लगाउनुपर्ने बताए । उनले सहकार्य, पारदर्शिता र जवाफदेहिताका आधारमा मन्त्रालयको कार्यसम्पादनलाई परिणाममुखी बनाउने उल्लेख गर्दै एकआपसमा मानसम्मन, संस्कार र संस्कृति जोगाएर अगाडि बढेमात्र सफल भइने धारणा राखे ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले आफू देश र जनताका लागि काम गर्ने व्यक्ति भएकाले कर्मचारीको साथ लिएर देश र मन्त्रीलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य र जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले मुलुकलाई समृद्ध बनाउने क्षेत्र ऊर्जा र सिँचाइ भएकाले यसको विकासमा लाग्नुपर्ने बताएका थिए ।

वि.सं.२०८२ वैशाख २१ आइतवार १६:२५ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...