back
CTIZAN AD

ढिंडोसँग आलु र भन्टाको तरकारी खाएका आमा छोराको मृत्यु

वि.सं.२०७४ जेठ २० शनिवार

957 

shares

deathbody२० जेठ, म्याग्दी, । मङ्गला–५ छिस्वाङमा माइत आएका एक महिला र उनका छोराको विषाक्त खानाका कारण ज्यान गएको छ ।

शुक्रबार बिहान ढिंडोसँग आलु र भन्टाको तरकारी खाएका उनीहरु त्यसलगत्तै बेहोस भएका थिए । स्थानीयवासीको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि चारै जनालाई बेनी अस्पताल ल्याइएको थियो ।

बेनी अस्पतालमा उपचारका क्रममा रघुगङ्गा–८ पात्लेखर्ककी २० वर्षीया चिना गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिनुभयो । चिनाका श्रीमान् प्रेम गुरुङ ९पबहादुर०, १४ महिनाका छोरा र आमा झपीकला प्रज्ञाको अवस्था गम्भीर भएपछि बेनी अस्पतालले थप उपचारका लागि पोखरा सिफारिस गरेको थियो । गुरुङको १४ महिनाको छोराको शुक्रबार राति उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ज्यान गएको प्रनि घिमिरेले जानकारी दिनुभयो ।

“दुई जना सासू–ज्वाइँको अवस्था गम्भीर छ, दुवै जनाको उपचार जारी छ” प्रनि घिमिरेले भन्नुभयो । दुई वर्षअघि विवाह गरेका उनीहरु केही दिनअघि ससुराली आएका थिए । प्रहरीले उनीहरुले प्रयोग गरेको पिठो र तरकारी केन्द्रीय प्रयोगशालामा पठाएको जनाएको छ ।

वि.सं.२०७४ जेठ २० शनिवार ०७:११ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...