back
CTIZAN AD

अमेरिकामा किरात राईहरुको साकेला भब्यताको साथ सम्पन्न(तस्बिर सहित)

वि.सं.२०७४ जेठ २० शनिवार

936 

shares

sakela5

युनाइटेड किरात राई अर्गनाइनेशन अफ अमेरिकाको आयोजनामा बोस्टनमा किराँत राईहरुको पर्व साकेला भव्यताका साथ मनाइएको छ ।
न्युर्योकस्थित नेपाली कन्सुलेट अफिसका कन्सुलर जेनेरल कृसु क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त साकेला कार्यक्रममा क्षेत्रीले साकेला हाम्रो आफ्नै पर्व रहेको बताउँदै नेपाल सरकारबाट मान्यता पाएको यस पर्वलाई रास्ट्रीय पर्वको रुपमा मनाइने गरिएको बताउनु भयो ।
उहाँले आफूपनि किरात परिवारमै हुर्केको हुनाले योपर्व उल्लासमय रुपमा मनाउदै आएको पनि बताउनु भयो । ‘यो उभौलीले दुःखबाट सुखतिर, उधोबाट उभो गति र बिकासतिर लैजाने हो,’ उहाँले भन्नु भयो ‘नेपाल सरकारको तर्फबाट साकेला पर्वको शुभकामना तथा कार्यक्रम सफलताको कामना गर्दछु ।’
अर्गनाइजेसनले यसबर्षको साकेला कार्यक्रम दुइ चरणमा सम्पन्न गरेको थियो । पहिलोदिन बोस्टनको होटल क्वालिटी इनमा साधारणसभा र दोस्रो दिन आर्सनल पार्कमा भब्य रुपमा साकेला मनाएको हो ।
पहिलो चरणको कार्यक्रम अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष विष्णु राईको सभापतित्वमा सम्पन्न भएको थियो भने दोश्रो दिनको साकेला कार्यक्रम अर्गनाइजेसन न्यु इंग्ल्याण्डका सभापति मुक्ति नारायण राईको सभापतित्वमा सम्पन्न गरिएको थियो ।

sakela8

कार्यक्रमको पहिलो दिन अर्गनाइजेसनका उपसभापति मुना राइले बार्षिक कार्य प्रगति विवरण, सस्थापक सभापति शिब कुमार राइले बिश्व किरात राई सम्मेलनका बारे र सभापति बिष्णु राइले अर्गनाइजेसनको अल्पकालीन र दीर्घकालीन योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।
उक्त सभामा पुर्वकेन्द्रीय सभापतिहरु मिलन राई र प्रभाकर राई, चाप्टर प्रतिनिधिहरु केशब राम राई, जय राई, घनश्याम राई, नगेन्द्र राइ र युवा प्रतिनिधि सुप्रेम राई लगायतले आ–आफ्ना भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा अतिथिहरुको नेपाल आर्मीका पुर्व कर्नेल खड्ग बहादुर राई, संखुवासभा निवाशी ठाकुर सिङ्ग लिंग्थेप, लन्डनबाट उपस्थित याम प्रसाद राई लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

sakela7
सल्लाहकार धौल बीर राईको संचालनमा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य सल्लाहकार सुरेश चामलिंगले दिनुृ भएको थियो ।
कार्यक्रममा स्कुल र कलेज युनिभर्सिटीबाट ग्राजुएसन गर्ने राई बिद्यार्थी हरुलाई र सस्थाको आजीवन सरक्षक सदस्यहरुलाई पदक तथा प्रमाण पत्र प्रदान गरिएको थियो । साथै सोहि अवसरमा अर्गनाइजेशनका क्यालिफोर्निया च्याप्टर सचिव घन श्याम राईलाई पनि कार्यक्रममा स्वागत गर्दै निर्वतमान अध्यक्ष नविन कला राईले एलम्बर राजाको तस्बिर उपहार दिनु भएको थियो ।

sakela6

दोस्रो दिनको कार्यक्रम नाछुंगद्वारा भुमि पुजासंगै शुरु भएको थियो भने स्वागत मन्तव्य अनिता राइको रहेको थियो ।
सभामा भर्जिनियाका प्रतिनिधि प्रकाश राइको मन्तव्य रहेको थियो भने, साकेला नृत्य बोस्टन, न्युयोर्क, न्यु हेम्प्शायरबाट सहभागी हुनेहरुले छुट्टा छुट्टै प्रस्तुति राख्नु भएको थियो । साथै अन्य कलाकारहरुले बिभिन्न नाचगान समेत गर्नु भएको थियो् ।
कार्यक्रममा नृत्यांगना तथा गायिका बसन्ती राईले गित तथा नृत्य प्रस्तुत गर्नु भएको थियो भने ज्योज्यो राई, सबिता खालिङ्ग, मंजु मैनालीले नृत्य, शुमोन राई र देश राइले गित गाउनु भएको थियो ।
अर्जुन दाहालको हास्य ब्यङ्ग समेत प्रस्तुत रहेको उक्त कार्यक्रममा कलाकार हरुलाई पदक समेत प्रदान गरिएको थियो । सभाको संचालन शेखर राई र सबिना चामलिंगले गर्नु भएको थियो भने स्वागत मन्तव्य अनिता राइले गर्नु भएको थियो ।

सभाको अन्ततिर सम्पूर्ण उपस्थितहरुले गोलाकारमा ‘रातोलाई भाले रेटौला ,नमरे बाचे भेटौला शै शै ला हो…शै शै ला भन्दै साकेला नाचेर भरपुर मनोरंजन लिएका थिए । अमेरिकाको पुर्वपश्चिम कै बिभिन्न राज्यहरु क्यालीफोर्निया, मेरिल्याण्ड, भर्जिनिया, न्युयोर्क कनेक्टिकट, न्युजर्सी, नेब्रास्का, न्युहेम्प्शायर, भर्मन लगायतका राज्यहरुबाट उल्लेखनीय रुपमा राईहरुको उपस्थिति रहेको उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

sakela3

वि.सं.२०७४ जेठ २० शनिवार ०७:५२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...