back

नीति तथा कार्यक्रममाथिको छलफल जारी

वि.सं.२०८२ वैशाख २४ बुधवार

690 

shares

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८२÷८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आज पनि दलीय आधारमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले स्रोत सुनिश्चित भएर मात्रै बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुक कृषि प्रधान देश भए पनि आत्मनिर्भर बन्न नसकेको हुँदा सरकारले आगामी दिनमा आत्मनिर्भर बनाउन प्रयास गर्नुपर्ने बताए । गैरआवासीय नेपाली (एनआरएनए)को दोहोरो नागरिकता, बसोबास, सम्पति राख्नेलगायत विषयमा सरकारले छुट्टै नीति ल्याउनुपर्ने उनकोे भनाइ छ ।

नेपाल कम्युनिष्ट पाटी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले विज्ञान र प्रविधिलाई आत्मसात् नगरी अगाडि बढ्न नसकिने भएकाले यी विषयवस्तुमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले देशको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा जानुपर्ने बताए । उनले राष्ट्रिय गौरवका आयोजना अलपत्र भएकाले यसलाई व्यवस्थित गराउँदै लानुपर्ने माग गरे ।

सांसद रायले नेपाली जनताले अहिले पनि खानेपानीको समस्या भोगिरहेका भन्दै सरकारले शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने जोड दिए । उनले सरकारले कृषि क्षेत्रको विकासलाई १० प्रतिशत बजेट छुट्याउनुपर्ने बताए ।

वि.सं.२०८२ वैशाख २४ बुधवार १४:५० मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा...

आज सोमबार : तपाईंको राशिफल कस्तो छ ?

आज सोमबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

सुदूरपश्चिम । केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले...

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन...

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा...