back
CTIZAN AD

वडा अध्यक्षको सनक : कर्मचारी र व्यवसायीमाथि हातपात

वि.सं.२०८२ वैशाख २४ बुधवार

726 

shares

काठमाडौँ । पोखरा महानगरपालिका–४ का वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । मङ्गलवार वडाअध्यक्ष देवकृष्ण पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका हुन् ।

कर्मचारीलाई तालिममा पठाउने विषयमा आफुसँग सल्लाह नगरेको भन्दै वडाअध्यक्ष पराजुलीले आफुलाई हातपात गरेको पोख्रेलको भनाई छ ।

उक्त घटनाका विषयमा कर्मचारी सम्बद्ध ४ संगठनले मङ्गलवार मेयर र प्रमुख प्रशासकीय अधिकृतसमक्ष २४ घन्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका थिए । तर, २४ घण्टासम्म पनि कुनै सुनुवाइ नभएको भन्दै कर्मचारीले महानगरको सेवा ठप्प पारेका छन् ।

स्थानीय तह कर्मचारी संघका रेशम जिसीले कर्मचारीको सुरक्षाको ग्यारेन्टीको माग गर्दै आन्दोलनको कार्यक्रम गरिएको बताए । उनले आज पनि सुनुवाइ नभए थप आन्दोलन गरेर अगाडि बढ्ने चेतावनी दिए ।

वडाध्यक्षले पराजुलीले सोही दिन व्यवसायी लेखनाथ सुवेदीमाथि पनि हातपात गरेका थिए । सर्वेश्वर मार्गको फुटपाथमा सामान राखेको भन्दै वडाध्यक्षले हातपात गरेपछि सुवेदीले प्रहरीकहाँ उजुरी दिएका छन् । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले वडाअध्यक्ष पराजुलीविरुद्ध कडा कारबाहीको माग गर्दै उजुरी आएको बताए ।

वि.सं.२०८२ वैशाख २४ बुधवार १४:५३ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...