back
CTIZAN AD

‘सबै एकजुट भए मात्र विकास सम्भव छ’

वि.सं.२०८२ वैशाख २८ आइतवार

438 

shares

काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै सरोकार भएका निकाय एकजुट भएर अघि बढे विकास सम्भव हुने धारणा राखेका छन् ।

क्षेत्रीय होटलसँगको समन्वयमा चितवनले ‘घुमौँ सौराहा, चितवन अभियान’ भन्ने मूल नाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजना गरेको कार्यक्रममा उनले सबैबीच सहकार्य र समन्वय गर्दै मुलुक विकासमा जुट्नुपर्ने बताए ।

सरकार र कर्मचारीले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकता त्यागेर विकास सबैको साझा विषय हो भनी एकजुट भएमा कामले गति लिने मुख्यमन्त्री कँडेलले उल्ल्ेख गरे । उनले भने, “देश विकासका लागि सरकारको मुख्य भूमिका रहनुका साथै यसको गतिलाई प्रभावकारी रूपमा अगाडि बढाउन निजी क्षेत्रको पहलकदमी र भूमिका पनि महत्त्पूर्ण रहन्छ । सङ्घीय प्रणालीमा व्यवस्था नयाँ, संरचना नयाँ निर्माण गरेका छौँ । ती संरचनालाई निर्देशित गर्ने कानुन पुराना भएकाले जनताको चाहनाअनुसार काम गर्न समस्य भइरहेको छ ।”

जनता र जनप्रतिनिधिको अपेक्षा अनुसार कानुन नबन्दा समस्या भइरहेको भन्दै उनले पुराना कानुनलाई विस्थापित गर्न ढिला गर्न नहुनेमा जोड दिए ।

कर्णाली प्रदेशको अन्तरिक आम्दानी र विकासका लागि पर्यटन प्रवद्र्धन मुख्य आधार रहेको उनले उल्लेख गरे । चितवनबाट कर्णालीसम्म आफ्नो व्यावसायिक महत्त्व झल्काउन आएका सबैलाई सहकार्य र समन्वयबाट अघि बढ्न मुख्यमन्त्रीले आग्रह गरे ।

“कर्णालीमा राराताल, फोक्सुण्डो ताल, छायाँनाथ, बाला त्रिपुरासुन्दरीलगायत पर्यटकीय क्षेत्र भए पनि विकासको मूलधारमा आउन नसक्दा ओझेलमा परेका छन् । कर्णाली करिडोर हुँदै रारा, भेरी करिडोर हुँदै डोल्पा जान सकिन्छ । पर्यटकीय क्षेत्रको विकासमा सबै एकजुट भएर काम गर्नुपर्ने अहिलेको हावश्यकता हो”, मुख्यमन्त्री कँडेलले भने । रासस

वि.सं.२०८२ वैशाख २८ आइतवार १४:२५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...