back
CTIZAN AD

गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प

वि.सं.२०८२ जेठ २ शुक्रवार

654 

shares

अबु धाबी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेका प्यालेस्टिनी इलाकामा मानिसहरू भोकमरीमा रहेको बताएका छन् । उनले शुक्रबार पत्रकारहरूलाई संयुक्त राज्य अमेरिकाले गाजाको अवस्थालाई ‘ख्याल राख्ने’ बताए ।

“हामी गाजालाई हेरिरहेका छौँ र हामी यसको ख्याल राख्ने छौँ । धेरै मानिस भोकमरीमा छन्”, उनले पत्रकारहरूलाई भने ।

ट्रम्पको यो छोटो टिप्पणी खाडी देशहरूको बहु–दिवसीय भ्रमणको अन्तिम चरण समापन गर्दा आएको हो ।

इजरायलले गाजामा दुई महिनाभन्दा बढी समयदेखि नाकाबन्दी लगाएको छ । नाकाबन्दीले संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र अन्य मानवीय समूहहरूले २४ लाख प्यालेस्टिनीको क्षेत्रमा इन्धन र औषधि आपूर्ति सङ्कुचित हुने चेतावनी दिएका छन् ।

यसले गाजा पट्टीमा मानवीय सङ्कट रहेको कुरा पनि बारम्बार अस्वीकार गरेको छ ।

अमेरिका र इजरायल समर्थित योजनाको व्यापक आलोचना भएपछि साथै गाजा क्षेत्रमा मानवीय स्थितिप्रति चिन्ता व्यक्त गरेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजामा सहायता ल्याउन कुनै पनि नयाँ विचारका लागि खुलापन व्यक्त गरेको एक दिनपछि ट्रम्पको टिप्पणी आएको हो । एएफपी

वि.सं.२०८२ जेठ २ शुक्रवार १४:४२ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने...