back
CTIZAN AD

चोरीमा संलग्न पाँचजना आफन्तको गिरोह पक्राउ

वि.सं.२०८२ जेठ २ शुक्रवार

990 

shares

कामठाडौँ । प्रहरीले चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१०, शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास बिक, उनकै ठूलबुवा छोरा २३ वर्षीय विमल बिक छन् ।

त्यस्तै सुवासको मामा पोखरा महानगरपालिका–१०, गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भएका ५३ वर्षीय दुर्गा बहादुर थापा, सुवासकै फुपुका छोराहरू तनहुँ शुक्लागण्डकी नगरपालिका–११, दुर्गे घर भएका २२ वर्षीय गणेश सुनार र पोखरा महानगरपालिका–२ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भएका ३३ वर्षीय सुरेश बिक छन् ।
पोखरा महानगरपालिका २६, ३०, ३१ र ३२ लगायत विभिन्न स्थानमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट करिब १२ तोला आठ लाल बराबरको सुनका विभिन्न गरगहना र करिब २४ तोला बराबरको चाँदीका विभिन्न गरगहना एवम् चोरीमा प्रयोग भएको ग.२२ प ४९८९ नम्बरको मोटरसाइकल र ग.२१ प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

उनीहरूले हालसम्म पोखराको नौ स्थान र तनहुँको तीन स्थान गरी १२ वटा घरमा चोरी गरेको खुल्न आएको छ । पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८२ जेठ २ शुक्रवार १४:५५ मा प्रकाशित

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...