back
CTIZAN AD

बढ्यो बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्या

वि.सं.२०८२ जेठ २ शुक्रवार

567 

shares

लण्डन । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।

आप्रबासनका लागि दिइएका दशौँ हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ ।

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायतमा रहनका लागि सबै कानुनी मार्गहरू समाप्त भएकाहरूका लागि बेलायतबाट बाहिर ‘फिर्ती केन्द्र’ हरू सिर्जना गर्न सकियोस् भनी बिहीबार विभिन्न देशहरूसँग औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् ।

सन् २०२४ मा बेलायतमा शरण माग्नेको सङ्ख्या तीन गुणाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । यो समयमा ८४ हजार २०० ले शरणार्थीका लागि आवेदन दिएका छन् । सन् २०११ देखि सन् २०२० को बीचमा औसतमा २७ हजार ५०० शरणार्थीले बेलायतमा शरणका लागि आवेदन दिएका थिए ।

सन् २०२२ मा बेलायतमा प्रति १० हजार व्यक्तिमा लगभग १३ जनाले शरणका लागि आवेदन दिएका थिए । ईयूमा यो सङ्ख्या प्रति १० हजार २५ रहेको थियो ।

सन् २०२३ मा बेलायतमा रहेका करिब ११ प्रतिशत आप्रवासी शरणार्थी वा शरणार्थी थिए, जुन सन् २०१९ को छ प्रतिशतको तुलनामा झण्डै दुई गुणा बढी हो ।

आवेदन अस्वीकृत दर सन् २००४ मा ८८ प्रतिशत र सन् २०२२ मा २४ प्रतिशत रहेको थियो भने सन् २०२४ मा ५३ प्रतिशत रहेको थियो ।

सन् २००४ देखि सन् २०२१ को बीचमा, शरणार्थीका लागि लगभग तीन चौथाई आवेदकको प्रारम्भिक अनुरोध अस्वीकार गरिएको थियो । त्यसपछि उनीहरूले सरकारको निर्णयबारे पुनःआवेदन गरेका थिए भने त्यसमध्ये एक तिहाईले शरणार्थीको मान्यता पाउन सफल भएका थिए ।

सन् २०२४ मा शरणार्थीका लागि आवेदन स्वीकृत नभएका नौ हजारभन्दा बढी व्यक्तिलाई देश छोड्न निर्देशन गरिएको थियो । यो सङ्ख्या सन् २०२३ को तुलनामा ३६ प्रतिशतले बढी हो ।

सन् २०२४ मा करिब दुई लाख २४ हजार ७०० मुद्दामाथि सुनुवाई भएको र यसमध्ये ८७ हजार २०० प्रारम्भिक निर्णयको पर्खाइमा रहेका थिए भने एक लाख ३७ हजार ५०० आवेदन प्रारम्भिक अस्वीकारपछि थप कानुनी निरन्तरताका लागि पर्खाइमा थिए ।

यो सङ्ख्या सन् २०२२ देखि घट्दै गएको छ तर सन् २०१४ को तुलनामा चार गुणा बढी छ किनभने प्रारम्भिक निर्णयका लागि लामो समय पर्खनु परेको छ भने ठूलो सङ्ख्यामा मानिसहरू निर्वासनको सामना गरिरहेका छन् ।

सन् २०१८ भन्दा पहिले अस्तित्वमा नै नभएको अस्थायी डुङ्गामा च्यानल पार गर्नेको सङ्ख्या हालैका वर्षहरूमा ह्वात्तै बढेको छ ।

सन् २०१८ देखि सन् २०२४ को डिसेम्बरसम्मको अवधिमा एक लाख ४८ हजार आप्रवासीले आफ्नो ज्यान जोखिममा राखेर इङ्लिस च्यानलको बाटो भएर बेलायतको तटीय क्षेत्रमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

तीमध्ये ९५ प्रतिशतले शरणका लागि आवेदन दिएका थिए । यो सङ्ख्या सन् २०१८ देखि सन् २०२४ को डिसेम्बरसम्मको अवधिमा सबै शरण चाहनेमध्ये २९ प्रतिशत हो ।

सन् २०२५ मा करिब १३ हजार आप्रवासीले च्यानल पार गरिसकेका छन्, जुन सन् २०२४ को सोही अवधिको तुलनामा बढी हो ।

सन् २०२४ मा शरण माग्नेको सबैभन्दा ठूलो समूह पाकिस्तानबाट आएकाको रहेको थियो । अघिल्ला वर्षहरूमा मुख्यतया सिरिया र इरानबाट आएका आप्रबासी शरणार्थीको सङ्ख्या बढी हुने गरेको थियो । एएफपी

वि.सं.२०८२ जेठ २ शुक्रवार १५:०५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...